बाँकेमा १३ संक्रमित थपिए, २६ डिस्चार्ज

सदरलाइन संवाददाता १५ आश्विन २०७८, शुक्रबार १६:०९
 

नेपालगञ्ज : बाँकेमा शुक्रवार थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९३ नमुना परीक्षण गर्दा थप १३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ११, मेडिकल कलेज कोहलपुरमा १ र बागेश्वरी ल्याबमा १ जना गरि १३ जनामा भाइरस संक्रमण देखिएको हो । तीमध्ये बाँकेका ७ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २३२ पुगेको छ ।


यस्तै शुक्रवार थप २६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८३६ पुगेको छ । अस्पतालमा तीनजनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने ४ जना सिकिस्त र १४ जना मध्यम विरामी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा सञ्चालन हुन सकेन सुपथ मुल्य पसल

१५ आश्विन २०७८, शुक्रबार १६:०९
नेपालगञ्ज : चाडपर्वलाई लक्षित गर्दै सरकारले असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भने पनि बाँकेमा भने हालसम्म पनि सञ्चालनमा आउन सकेका छैनन् । विगतका वर्षमा दशैँ तिहार, छठसहितका चाडपर्वलाई लक्षित गरी नेपालगञ्जमा सुपथ मूल्य पसल संचालन हुँदै आएको थियो । तर बाँकेमा भने सुपथ मूल्य पसल अहिलेसम्म पनि […]