बाँकेमा शुक्रवार २७ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ८ आश्विन २०७८, शुक्रबार १४:३०
 

नेपालगञ्ज : बाँकेमा शुक्रवार थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १२९ नमुना परीक्षण गर्दा २७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ७९ नुमना परीक्षण गर्दा २४, मेडिकल कलेज कोहलपुरमा ३९ नमुना परीक्षण गर्दा २ र बागेश्वरी ल्यावमा ११ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।


ती मध्ये बाँकेका ११ जना छन् । कोहलपुरका १, नेपालगञ्जका ५ र खजुराका १, राप्तीसोनारीका १, बैजनाथका २ र कोहलपुरका १ जना रहेका छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २ सय ५ पुगेको छ ।

यस्तै शुक्रवार थप १ जना डिस्चाार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय ७२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सटर फोडेर चोरी गर्ने बर्दियामा दुई जना पक्राउ

८ आश्विन २०७८, शुक्रबार १४:३०
नेपालगञ्ज : बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखर बजारस्थित त्रितिसा इलेक्ट्रिकल पसलको सटर तोडफोड गरी मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा बाँके र सुर्खेतका दुई पुरुष रहेकाछन् । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० का ३० वर्षीय इस्लाम दिन र बाँके डुडुवा गाउँपालिकाका […]

सम्बन्धित