हात्तीपाइले आमऔषधि सेवन अभियानका लागि बाँकेको डुडुवामा रणनीति तयार

सदरलाइन संवाददाता १४ फाल्गुन २०७८, शनिबार १८:१९
 


डुडुवा (बाँके), राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम आम औषधि सेवन अभियान यस वर्ष पनि बाँकेमा सञ्चालन गरिने भएको छ । हात्तीपाईले रोगको अत्यन्त जोखिममा रहेकमो बाँकेमा विगतका केही वर्ष यता नियमित आम औषधि सेवन गराउने अभियान सञ्चालन गरिने भएको हो ।

सो अभियान सफल बनाउनका लागि बाँकेको डुडुवा गाउँपालिकाले शनिबार पालिकास्तरिय योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रममा यस वर्ष डुडुवामा शतप्रतिशत मानिसलाई औषधि सेवन गराउन समुदायमा सचेतना, गाउँका अगुवाहरुको उपस्थित, जनशक्ति परिचालन, औषधि खुवाउने समयको निधारर्ण, अनुगमन लगायतका बुदालाई समाबेश गरि विशेष रणनीति निमार्ण गरिएको हो ।

औषधि सेवन कार्यक्रमलाई सफल बनाउन निमार्ण गरिएको रणनीति अनुसार कार्ययोजनालाई कार्यन्वयन गरिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले जानकारी दिए । उनले डुडुवामा यही फागुन २८ गतेदेखि अभियान संचालन गर्न लागिएको बताए ।


एक हप्तासम्म संचालन गरिने अभियानमा ६५ जना स्वास्थ्यकर्मी, ५९ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई परिचालन गरिने पालिकाको तयारी छ । यस वर्ष उचाईका आधारमा औषधि खुवाइनेछ । यस वर्ष आइभर मेट्रिन नामक औषधि थपिएको छ ।

ग्रामिण क्षेत्रमा अशिक्षाका कारण अधिकास नागरिकले औषधि सेवन नगरेका कारण लक्ष्य हासिल गर्न नसकिएको हो । यस वर्ष औषधि सेवनका लागि जनप्रतिनिधी, दलका प्रतिनिधी, समुदायका अगुवा, लगायतले विशेष भुमिका खेल्ने जोड दिइएको छ ।

कार्यक्रममा वडाध्यक्षहरु पटेश्वर कुर्मी, परशुराम बुढाथोकी, कार्यपालिका सदस्य लिलावति यादव, सुष्मा यादव, ढोडे पासी, स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन दुर्गा गौतम, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख, शिक्षक, स्वास्थ्य चौकी इनचार्ज लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राणाले फिर्ता लिए सभापति पदको उम्मेदवारी

१४ फाल्गुन २०७८, शनिबार १८:१९
नेपालगन्ज : नेपाली कांग्रेस बाँकेको सभापति पदमा उम्मेदवारी दर्ता गराएका सुनिल नरसिंह राणाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन समितिले आज साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो । हालका उपसभापति राणा संस्थापन निकट नेता हुन् । उनले उम्मेदवारी फिर्ता लिएसंगै अब कांग्रेस बाँकेको सभापतिमा तीन जनावीच प्रतिष्पर्धा हुनेछ […]