बाँके कांग्रेसमा सभापतिका आकांक्षी ८ जना 

सदरलाइन संवाददाता १९ भाद्र २०७८, शनिबार ०९:०५
 

नेपालगञ्ज  : नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मीले बाँके कांग्रेसलाई पनि छोएको छ । पूर्व प्रधानमन्त्री तथा पार्टी सभापति स्व. सुशील कोइरालाको गृह जिल्लामा पार्टी सभापतिको दाबेदरका रूपमा दुई समूहका ८ जना आकांक्षी देखिएका छन् ।

कोइराला क्याम्पबाट नारायण गौडेल, सुनील नरसिंह राणा र ज्ञानु केसी प्रमुख दाबेदार मानिए पनि गौडेल सशक्त उम्मेदवार हुन् । यसैगरी देउवा क्याम्पबाट निरञ्जन सिंह सिंजापति, बादशाह कुर्मी, लक्ष्मीनारायण शाह र राजकुमार बर्माले दाबी गरेका छन् । यद्यपी देउवा क्यम्पबाटै पूर्व सभापति कृष्णमान श्रेष्ठलाई सर्वसम्वत जिल्ला सभापति बनाउने गरी एक समूह लविङ्मा लागेको छ ।

तीन संघीय निर्वाचन क्षेत्र रहेको बाँकेमा निर्वाचन क्षेत्र नम्बर १ बाट देउवा क्याम्पका वर्तमान क्षेत्रीय सभापति माधवराम खत्री तेस्रो ईनिङ्गको लागि प्रवल दाबेदार हुन् । उनीमाथि क्रियाशिल सदस्यता विधान विपरित गरेको आरोप लगाउँदै एक समूह काठमाडौंमा छ ।

क्षेत्र नम्बर १ बाटै कोइराला समूहका शशक्त दावेदार नेपाल पत्रकार महासंघका पूर्व महासचिव समेत रहेका पोषण केसी हुन् । कोइराला समूहकै डिल्ली गिरी पनि क्षेत्रीय सभापतिका आकांक्षी छन् । उनी वर्तमान समितिका सचिव हुन् ।

नेपालगञ्ज उपमहानगरसमेत रहेको निर्वाचन क्षेत्र नम्बर २ मा कोइराला खेमाबाट राजकुमार साहु र देउवा समूहबाट तरुणदल बाँकेका अध्यक्षसमेत रहेका विरेन्द्रबहादुर शाह र वर्तमान सभापति रमेश गुप्ताको दाबी रहेको छ ।


बाँके क्षेत्र नम्बर ३ मा देवबहादुर खत्री नक्की खाँ र प्रकाश शाहीबीच प्रतिश्पर्दा रहे पनि खाँलाई सर्वसम्मत बनाउने प्रयासमा केही समूह लागेको कांग्रेस निकट स्रोतले बताएको छ ।

नेपालगञ्ज उपमहानगर सभापतिमा नेपालगञ्ज उपमहानगरकी उपमेयर उमा थापा मगर  कोइराला क्याम्पबाट दाबी गरिरहेकी छन् । यस्तै देउवा क्याम्पबाट प्रशान्त विष्ट र बिनोद रिजालको दाबी रहेको छ ।

यसैगरी कोहलपुर नगरपालिकामा कोइराला खेमाबाट बिरेन्द्र शाह र टेकनारायण भुषाल आकांक्षि छन । उसो त सो खेमाबाट वर्तमान सभापति बलराम शर्मालाई प्रदेशमा लैजाने गरी तयारी गरिएको छ । देउवा प्यानलबाट राजेन्द्र श्रेष्ठ मैदानमा उत्रिने तयारि गरिरहेका छन् । न्युज कारखानाबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निजामती सेवा दिवसका अवसरमा बाँकेमा बृक्षा रोपण

१९ भाद्र २०७८, शनिबार ०९:०५
नेपालगञ्ज :  निजामती सेवा दिवस–२०७८ अन्तरगत नेपालगञ्ज–२० राँझामा रहेको पशुपति सामुदायिक बन क्षेत्रमा फलफूल र अन्य प्रजातिका विरूवा रोपिएको छ । वृक्षारोपण कार्यक्रम राष्ट्रसेवक कर्मचारी वृक्षारोपण कार्यक्रम जिल्ला समन्वय समिति बाँकेको आयोजनामा भएको सो कार्यक्रममा धुपी ५०, कपुर ५०, पारिजात ५० र आँप, कटहर, अमला समेत गरी २ सय भन्दा […]

सम्बन्धित