निजामती सेवा दिवसका अवसरमा बाँकेमा बृक्षा रोपण

सदरलाइन संवाददाता १९ भाद्र २०७८, शनिबार १०:१९
 


नेपालगञ्ज :  निजामती सेवा दिवस–२०७८ अन्तरगत नेपालगञ्ज–२० राँझामा रहेको पशुपति सामुदायिक बन क्षेत्रमा फलफूल र अन्य प्रजातिका विरूवा रोपिएको छ ।

वृक्षारोपण कार्यक्रम राष्ट्रसेवक कर्मचारी वृक्षारोपण कार्यक्रम जिल्ला समन्वय समिति बाँकेको आयोजनामा भएको सो कार्यक्रममा धुपी ५०, कपुर ५०, पारिजात ५० र आँप, कटहर, अमला समेत गरी २ सय भन्दा वढी विरूवा रोपिएको छ ।

राझा स्थित पशुपति सामुदायिक वनको क्षेत्र १५० हेक्टरमा फैलिएको सामुदायिक वन क्षेत्र विमानस्थल नजिकै रहेको र मन्दिर तथा भ्यू टावर पहिल्यै निर्माण भै सकेको छ भने वोटानिकल गार्डेन र चिल्ड्रेन पार्क निर्माण गर्ने योजना रहेको सामुदायिक वनका अध्यक्ष लाल बहादुर थापा मगरले वताए ।

राष्ट्रसेवक कर्मचारी वृक्षारोपण कार्यक्रम जिल्ला समन्वय समिति बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुखहरू र अन्य कर्मचारीको कार्यक्रममा उपस्थिति रहेको थियो। डिभिजन वन कार्यालय, पशुपति सामुदायिक वन र कर्मचारी मिलनकेन्द्रको सहकार्य र समन्वन्वयमा सम्पन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए ।


प्रत्येक वर्ष भाद्र २२ गते मनाईने निजामति सेवा दिवसमा राष्ट्रिय स्तरमा सर्वाेत्कृष्ट र उत्कृष्ट कर्मचारी छनौट गरी पुरष्कृत गर्ने गरिन्छ । बांँके जिल्लामा समेत सवै कार्यालयहरूले आफ्नो कार्यालयमा कार्यरत कर्मचारी मध्ये उत्कृष्ट कर्मचारी छनौट गरी भदौ २२ गतेका दिन सम्मान गर्न र वर्षको उत्कृष्ट कर्मचारी घोषित गर्न यस अघि नै प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा वसेको वैठकबाट निर्णय भै सकेको साहायक प्रमुख जिल्ला अधिकारी विष्टले बताए ।

निजामती सेवा संचालन एवं व्यवस्थापनका लागि तत्कालिन प्रधानमन्त्री टंकप्रसाद आचार्यको पालामा २०१३ सालमा निजामति सेवा ऐन भदौ २२ गते जारी भएको दिनको संझनामा २०६१ सालदेखि दिवसको रूपमा मनाउदै आईएको छ । निजामति सेवा दिवसका अवसरमा सार्वजनिक विदा दिने गरेकोमा हाल भने दिवस भने मनाउने तर सार्वजनिक विदा नहुने व्यवस्था मिलाईएको छ ।

निजामती सेवा दिवस–२०७८ कर्मचारी मिलन केन्द्र बांँकेको आायोजनामा विविध कार्यक्रमका साथ मनाउने क्रममा भदौ १७ गते ‘राष्ट्र सेवक कर्मचारी’ विषयक निवन्ध प्रतियोगिता सम्पन्न गरिएको, १८ गतेदेखि राष्ट्र सेवक कर्मचारीहरूका वीच खुल्ला व्याडमिन्टन प्रतियोगिता संचालनमा रहेको छ । प्रतियोगितामा सहभागी ३६ टिमका वीच प्रतिष्पर्धा भै रहेको छ । २२ गते रक्तदान कार्यक्रम आायोजना गरिने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

क्रियाशील सदस्यता विवादका कारण बाँकेमा वडा अधिवेशन अन्योलमा 

१९ भाद्र २०७८, शनिबार १०:१९
नेपालगञ्ज : क्रियाशील सदस्यता विवाद नसुल्झिएका कारण बाँकेमा नेपाली कांग्रेसको १४औं महाधिवेशनका कुनै पनि अधिवेशन सुरु हुन सकेको छैन । शुक्रबारदेखि वडा तहको अधिवेशन सुरु हुनुपर्नेमा क्रियाशील सदस्यता विवादका कारण अधिवेशनका कुनै पनि प्रक्रिया सुरु नभएको बाँके कांग्रेसका युवा नेता सुधांशु कोइरालाले जानकारी दिए । कांग्रेसको क्रियाशील सदस्यता सिफारिस वडा, […]