नयाँ कानुन र सिफारिस प्रणालीबारे अभिमुखीकरण

१३ पुष २०७५, शुक्रबार १८:५०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नयाँ कानुुन र सिफासि प्रणालीबारे नेपालगञ्जमा अनुुशिक्षण गरिएको छ । साथी संस्थाको आयोजनामा नयाँ कानुुन र सिफासि प्रणालीबारे एक दिने अनुशिक्षण गरिएको हो ।
बालबालिका बेचविखनविरुद्ध परियोजनाका कार्यक्रम संयोजक दिपकमान श्रेष्ठले परियोजनाको उद्देश्यबारे प्रकाश पारेका थिए । प्लान नेपाल ईन्टरनेशनल नेपालगञ्जका कार्यक्रम संयोजक श्रृटि ढकालले प्लान नेपालले हाल बाल संरक्षणको क्षेत्रमा कार्य गरिरहेको जानकारी दिइन् । अधिवक्ता बसन्त गौतमले नेपालको नयाँ कानुुन र सिफारिस प्रणालीबारे प्रशिक्षण दिएका थिए । मुुलुुकी देवानी संहिता, बाल संरक्षणबारे पनि प्रशिक्षण दिइएको थियो ।
साथी संस्थाका ब्यवस्थापन सदस्य बित्रा बोहराको अध्यक्षतामा सम्पन्न अभिमुुखीकरणमा बाल संरक्षण समितिका सदस्य, बालअभियान्ता, महिला तथा बालबालिका कार्यालय, इलाका प्रहरी कार्यालय, सामुुदायिक प्रहरी, सीमा प्रहरी, माइती नेपाल सानाहातहरुको सहभागिता थियो ।

Next Post

स्वर्गीय राजा वीरेन्द्र शाहको आज जन्मदिन

१३ पुष २०७५, शुक्रबार १८:५०
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क : स्वर्गीय राजा वीरेन्द्र शाहको शनिवार अर्थात् आज जन्मदिन परेको छ । उनको २००२ साल पुष १४ गते जन्म भएको हो । राजा महेन्द्र शाह र इन्द्रराज्यलक्ष्मी देवी शाहको जेष्ठ पुत्रको रुपमा उनको जन्म भएको थियो । स्वर्गीय राजा वीरेन्द्र शाहले प्रारम्भिक शिक्षा दरबार भित्रै लिएका थिए […]