बाँकेको गिजरा सामुदायिक बन सिमलघारीमा राखिएको पासोको मद्दतले चितुवा नियन्त्रणमा लिईयो

सदरलाइन संवाददाता १८ आश्विन २०८१, शुक्रबार १५:५७
 

खजुरा (बाँके) : बाँकेको खजुरा–६ सिमलघारीबाट एक चितुवा नियन्त्रणमा लिईएको छ । नियन्त्रणमा परेको सो चितुवा गत भदौ ३० गते ढाई वर्षिया नाबालिकालाई घरबाटै लगेर खाएको हुनसक्ने आंकलन गरिएको छ ।

स्थानीय बिरेन्द्र पुनकी ढाई वर्षिया नाबालिका छोरी लक्ष्मी पुनलाई भाद्र ३० गते राती घरबाटै जंगली जनावरले लगेर आधा खाएको अवस्थामा शव फेला परेको थियो ।

सिमालघारिको सो जंगलमा बालिका मृत अवस्थामा भेटिए लगत्तै बाँके र बर्दियाका बन कार्यालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले बालिकालाई आक्रमण गर्ने जनावरको खोजिमा लागेका थिए ।

बन कार्यालयले सो घटनामा र्संभावित चितुवा हुनसक्ने आंकलन गरी नियन्त्रणका लागि आधुनिक खोरको पासो बनाई सामुदायिक जङ्गलमा राखिएको १९ दिनपछि चितुवा खोरमा फँसेको हो । चितुवा नियन्त्रणका लागि बाँके र बर्दियाको बन तथा निकुञ्जका प्राबिधिकहरु निरन्तर खटिएका थिए ।


खजुरा गाउँपालिकाको आग्रहमा खटिएको टोलिले गयराती चितुवालाई नियन्त्रणमा लिन सफल भएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफानले जानकारी दिए । उनले अहोरात्र खटिने बन र निकुञ्जका कर्मचारीलाई धन्यबाद दिँदै स्थानीय जनप्रतिनिधि , ईलाका प्रहरी कार्यालय, गिजरा समुदायिक बन समितिलगायतलाई पनि धन्यबाद ज्ञापन गरेका छन् ।

नियन्त्रणमा आएको चितुवालाई हाल बन डिभिजन कार्यालय बाँकेमा लगिएको छ । नियन्त्रणमा आएको चितुवालाई बर्दिया निकुञ्जमा छाड्न आग्रह गरिएको अध्यक्ष तुफानले बताए । बाँके निकुञ्ज छाड्दा पुनः गाउँमा आउन सक्ने भन्दै बर्दिया लैजान आग्रह गरिएको उनले बताए ।

सिमलघारीका बालिका खाएपछि बेपत्ता भएको चितुवा खजुरा ३ बि गाउँ र वडा नम्बर ३ को सी गाउँमा देखा परेपछि स्थानीयमा त्रास फैलिएको थियो । बाँके र बर्दियाको बीचमा पर्ने त्यो मानखोलाको जंगलमा यसअघि पनि पटक–पटक बाघ देखा पर्ने गरेको थियो । मानखोला पारी बर्दियातर्फको जंगल पातलो भएपनि वारी बाँकेतर्फ ठूलो झाडी रहेको छ । त्यहाँ बच्चासहित बघिनी देखा पर्ने गरेको स्थानीयले बताएका छन् । बाँके र बर्दियाका राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै राष्ट्रिय तथा सामुदायिक वनमा बाघ देखा पर्ने गरेका छन् ।

जानकारहरुका अनुसार, बाघको आफ्नो क्षेत्र (एरिया) हुन्छ । त्यो एरियामा अर्को बाघ आयो र लडाई गरेर जित्यो भने हार्ने बाघले अर्को एरिया बनाउनतिर लाग्छ । शिकार गर्न नसक्ने बुढो र हार्दै गरेको बाघ बस्तीतर्फ सोझिने गर्दछ ।

बर्दियामा एक सय २५ र बाँकेमा २५ वटा बाघ छन् । निकुञ्जमा आहारा प्रजातीका जनावर प्रशस्त भएपनि पछिल्लो केही महिनायता बाँके र बर्दियाका सामुदायिक वन नजिकका गाउँमा देखिने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अबैध भारतीय रुपैयासहित सिजापति पक्राउ

१८ आश्विन २०८१, शुक्रबार १५:५७
नेपालगञ्ज  : बाँके प्रहरीले स्रोत नखुलेको करिव ४ लाख भारतीय रुपैयासहित एकजनालाई नेपालगञ्ज–४ बाट नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले सुराकीले दिएको सूचनाको आधारमा धिरेन्द्र सिंजापतिले सञ्चालन गरेको किराना पसलमा खानतलासी गर्दा ३ लाख८८ हजार दुई सय भारतीय रुपैयाँ […]