पहिरोका कारण दाङ्ग–रोल्पा सडक अबरुद्ध

सदरलाइन संवाददाता ११ भाद्र २०७८, शुक्रबार १३:२१
 


दाङ्ग  : अविरल वर्षापछि झरेको पहिरोका कारण दाङ–रोल्पा सडकखण्ड अवरूद्ध भएको छ । दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने सहिद मार्ग शुक्रबार बिहानैदेखि अवरूद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी रहेको बताए । सडकखण्डको ठाउँ–ठाउँमा पहिरो झरेको प्रहरीले जनाएको छ । त्यस्तै, तुलसीपुर–सल्यान सडकखण्डमा भने सवारीसाधन सञ्चालनमा आएका छन् ।

अविरल वर्षापछि ठाउँ–ठाउँमा झरेको पहिरोका कारण सडकखण्ड बिहानैदेखि अवरूद्ध थियो । केहीबेरअघि पहिरो पन्छाएपछि सवारीसाधन सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङ्गमा मलामीको नुहाउने क्रममा डुबेर मृत्यु

११ भाद्र २०७८, शुक्रबार १३:२१
दाङ्ग :  दाङ्गमा मलामी गएका एक व्यक्तिको बबई नदीले बगाउँदा मृत्यु भएको छ । दंगिशरण गाउँपालिका वडानं. १ बाँकीका ५० वर्षीय वामदेव देवकोटाको बबई नदीमा आएको बाढीले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए ।  देवकोटालाई शुक्रबार बिहान दश बजेतिर बाँकेस्थित निर्माणाधीन बबई पुल  नजिकबाट  […]