बाँकेमा सोमवार र मंगलवार भेरोसेलको दोस्रो डोज लगाईंदै

सदरलाइन संवाददाता ७ भाद्र २०७८, सोमबार १४:१२
 

नेपालगञ्ज : बाँकेमा सोमवारदेखि भेरोसेल खोपको दोस्रो डोज खोप लगाउन शुरु गरिएको छ । कोभिड विरुद्धको चिनियाँ भेरोसेल खोपको दोस्रो डोज जिल्लाका ८१ वटै वडाका स्वास्थ्य संस्थाबाट लगाउन शुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए ।

गत साउन ३ देखि १२ गतेसम्म खोप लगाएकालाई भदौ ७ र ८ गते दोस्रो डोज लगाउने कार्यक्रमअन्तर्गत् खोप लगाउन शुरु गरिएको हो । यो अवधिमा ५५ वर्ष र त्यस भन्दा माथिको उमेर समूहका पहिलो डोज लगाउन बाँकी नागरिक, प्राध्यापक, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक–सहचालक, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी ब्यक्तिहरुलाई पहिलो मात्रा खोप लगाइएको थियो ।


बाँकेमा भेरोसेलको पहिलो डोज ३३ हजार ३ सय ३३ जनाले लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा पनि मनाइयो गाईजात्रा

७ भाद्र २०७८, सोमबार १४:१२
नेपालगञ्ज : भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ सोमबार विभिन्न कला, झाँकीसहित नेपालगञ्जमा पनि मनाइएको छ । नेवा सामुदायको एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मानिसलाई सिँगारी र हातमा तस्बिर लिएर र्याली नेपालगञ्जको धम्बोझी चोकबाट सुरु भई सेतुबिक चोक, त्रिवेणी मोड हँुदै बागेश्वरी मन्दिर परिसर […]

ताजा अपडेट