मध्यवर्तीका अध्यक्षलाई अपरहणको शैलीमा उप–महानगर पुर्याईयो

३१ श्रावण २०७५, बिहीबार १९:०९
 

सदरलाइनडटकम,
नेपालगन्ज : बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षसहित दुईजनालाई नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रहरी (नगर रक्षक) ले अपहरण शैलीमा नियन्त्रणमा लिएर कार्यालयमा पुर्याएका छन् ।
बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्का र राप्ती मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष ध्रुव घर्तीलाई उप–महानगरका प्रहरीले अपहरणशैलीमा बुधबार साँझ धम्बोझि चोकबाट पक्राउ गरेका हुन् ।
नेपालगन्ज नगर क्षेत्रमा रहेका छाडा चौपायालाई ट्रकमा लोड गरी बिना जानकारी निकुञ्ज क्षेत्रमा छाड्दै गरेको अवस्थामा गत साउन १५ गते राती निकुञ्जले ३ जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको विषयलाई प्रतिशोधको विषय बनाएर उनीहरुलाई नेपालगन्जको धम्बोझी चोकबाट नियन्त्रणमा लिएका हुन ।
सोही विषयलाई लिएर नेपालगन्ज आएका बेला अध्यक्ष खड्कालाई नगरका सुरक्षा गार्डले पक्राउ गरेको बताइएको छ । निकुञ्जले आफ्ना सुरक्षा गार्डलाई अनावश्यक दुःख दिएको भन्दै उप–महानगरपालिकाले जिल्ला प्रहरी कार्यालयमा निवेदनसमेत दिएको थियो ।
उप–महानगरपालिकाले छाडा चौपाय निकुञ्जमा लगेर छाड्दा दुर्घटना हुने, बाघ तथा जंगली जनावरमा संक्रमण हुने, मध्यवर्ती क्षेत्रका किसानको बालिनाली नोक्सानी गर्ने भएकोले स्थानीय किसान को गुनासो आएपछि मध्यवर्ती व्यवस्थापन समितिले निगरानी बढाएको थियो ।
नेपालगन्ज उप–महानगरले नगर क्षेत्रमा छाडा चौपायलाई नियन्त्रणमा लिएर लमही लैजाने भन्दै बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा छाड्दै आउने गरेकोले निकुञ्जले निगरानी गर्दै गरेको बेलामा उनीहरुले चार ट्रकमा लोड गरेर ७५ वटा चौपाए निकुञ्जमा छाड्दै गरेको अवस्थामा नियन्त्रणमा लिएर आईन्दा निकुञ्ज क्षेत्रमा यस्ता चौपाय नछाड्ने शर्तमा छाडेको थियो ।
‘अपराधीको शैलीमा हामीलाई नगर रक्षकले नियन्त्रणमा लिएर कार्यकारीको कक्षमा हाजिर गराईयो । हाम्रो क्षेत्रमा छाडा चौपाय छाडृेर हाम्रो हानी नोक्सानी गराउने अनी हामीलाई नै अपराधीको रुपमा अपरहणको शैलीमा नियञ्णमा लिनु कति उचित हो’– बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष खड्काले प्रश्न गरे ।
उनले उप–महानगरले निवेदन दिएको हुँदा प्रहरीले नियन्त्रणमा लिनुको साटो नगर रक्षकले आफै गल्ती गर्ने अनी प्रतिशोधको रुपमा लिएर आफुहरु माथि जाईलाग्ने कार्य अत्यन्तै निन्दनिय भएको बताए ।
नेपालगन्ज उप–महानगपालिका प्रमुख कार्यकारी अधिकृत तोयानाराय सुवेदीले आफुले दुबै पक्षबीचको मिस अण्डर स्टयाण्डिङ्गलाई समाप्त गरी मिलापत्र गराएर पठाएको बताए ।
यता बाँके प्रहरी मुद्दा फाँटका ईञ्चार्ज प्रहरी निरीक्षक रणबहादुर विष्टले नगर प्रहरी स्वयंले खड्कालाई नियन्त्रणमा लिई जिप्रका आएको बताए । दुबै पक्षबीच छलफल गराई खड्कालाई छाडिएको उनले बताए ।

यो पनि पढ्नुहोस


निकुञ्जमा छाडापशु छाड्न अवरोध भएपछि नेपालगन्ज फर्काईयो

Next Post

सडक प्रयोग गरेबापत शुल्क लिने नेपालगन्ज उपमहानगरको तयारी

३१ श्रावण २०७५, बिहीबार १९:०९
सदरलाइनडटकम/ यदुराज मिश्र, नेपालगन्ज : सडक प्रयोग गरेबापत सर्वसाधारणले शुल्क तिर्नुपर्ने भएको छ । यातायात व्यवस्थित गर्ने नाममा नेपालगन्ज उपमहानगरपालिकाले सर्वसाधारणसँग शुल्क लिने भएको हो । उपमहानगरले नेपालगन्जका विभिन्न सडक छेउमा पार्किङस्थल तोकेर रकम असुली गर्ने भएको छ । नगरको ५० ठाउँमा पार्किङ्ग स्थल तोकेर कर लिन लागेको प्रशासकिय अधिकृत […]