सल्यानमा आगलागी हुँदा चार जना गम्भीर घाइते

सदरलाइन संवाददाता ७ चैत्र २०७९, मंगलवार १३:५१
 

दाङ : सल्यानमा गएराति भएको आगलागीमा परि चार जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको कुमाख गाउँपालिका वडा नं. ४ भण्डारखोलास्थित अन्दाजी २४ बर्षीय शंकर रानाको किरानमा पसलमा गएराति ९ बजेतिर आगलागी हुँदा शंकरसहित स्थानीय २६ वर्षीय यज्ञ राना, २१ बर्षीय जीवन राना, १८ बर्षीय क्षेत्रमनी राना र २० बर्षीय सञ्जिव शाह घाइते भएका थिए ।

पाँच घाइते सबैलाई जिल्लामा प्रारम्भीक उपचार पछि थप उपचारका लागि गएराति नै बाँकेको कोहलपुर मेडिकल कलेजमा लगिएको थियो । तीमध्ये १८ बर्षीय क्षेत्रमनी राना मंगलबार डिस्चार्ज भएको जिल्ला प्रहरी प्रमुख डिएसपी दामोदर केसीले जानकारी दिए ।

गम्भीर घाइते थप चार जनालाई बाँकेको कोहलपुरस्थित मेडिकल कलेजवाट थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ ।


मंगलबार बिहान मात्रै घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी पुगेको आगलागीको कारण अझैं खुली नसकेको डिएसपी केसीले बताए ।

किराना पसल भित्र ग्यालिनमा पेट्रोल रहेको हुँदा त्यसैबाट आगो सल्किएको आशंका भइरहेको प्रहरीले जानकारी दिएको छ ।

किराना पसल भएको कच्ची तीन कोठे एक तले टिनले छाएको घर आगोले पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरीले जानकारी दिएको छ ।

किराना पसलमा भएको आगलागीको क्षतिको पनि बिवरण आउनपनि बाँकी नै रहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अस्पातलमा भर्ना भएका बिरामी खोलामा मृत फेला

७ चैत्र २०७९, मंगलवार १३:५१
जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका एक बिरामी खोलामा मृत्य फेला परेका छन् । एक हप्ता अगाडी उपचार गर्न आएका तातोपानी गाउँपालिका–५ लाम्राका ७० वर्षीय लालु नेपाली दमको उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका थिए । लालु प्रतिष्ठानको कार्यालय अगाडि रहेको जुगार्ड खोलामा मृत फेला […]