हैटीमा भूकम्प जाँदा तीन सय जनाको मृत्यु

सदरलाइन संवाददाता ३१ श्रावण २०७८, आईतवार १४:३५
 

काठमाण्डौ : हैटीमा गएको भूकम्पमा परेर कम्तीमा तीन सय जनाको ज्यान गएको छ । ७ दशमलव २ रेक्टर स्केलको भूकम्पमा परेर १८ सयभन्दा बढी घाइते भएका बीबीसीले जनाएको छ ।

उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पुरिएकाहरुको उद्धार चलिरहेको छ । ज्यान गुमाउने र घाइतेहरुको सङ्ख्या बढ्न सक्ने अनुमान छ । राजधानी पोर्ट अफ प्रिन्सबाट एक सय ५० किलोमिटर पश्चिम केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।


भूकम्पमा परेर हजारौँ भौतिक संरचना क्षतिग्रस्त भएका छन् । स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ । प्रधानमन्त्री एरियल हेनरीले आपत्कालीन अवस्थाको घोषणा गरेका छन् । उनले सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग पनि अपिल गरेका छन् ।

सन् २०१० मा हैटीमा गएको शक्तिशाली भूकम्पबाट हजारौँ मानिसको ज्यान जानुको साथै धेरै भौतिक संरचना नष्ट भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा स्वास्थ्य सेवा प्रभावकारी बनाइने

३१ श्रावण २०७८, आईतवार १४:३५
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले नगरभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा सुविधालाई थप प्रभावकारी बनाउने भएको छ । आर्थिक वर्ष २०७७/७८ को जन स्वास्थ्य क्रियाकलापहरुको पालिकास्तरीय बार्षिक समीक्षाकापछि प्राप्त सुझावहरुका आधारमा नगरभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा सुविधा थप प्रभावकारी बनाइने उपमेयर उमा थापा मगरले जानकारी दिइन् । दिगो […]

ताजा अपडेट