मुस्लिम समाज बाँकेद्धारा मास्क वितरण

सदरलाइन संवाददाता २० जेष्ठ २०७८, बिहीबार १७:१२
 

नेपालगञ्ज : कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वभर महामारीका रुपमा फैलिरहेका बेला बाँकेमा पनि यसको त्रास देखिएकोले नेपाालगञ्जको बाटोमा आवत जावत गर्ने व्यक्तिहरुलाई माक्स बितरण गर्न शुरु गरिएको समाजका सचिव मेराज अहमद हल्वाई हिमालयले जानकारी दिए ।

एतिहासिक शहर नेपालगञ्जको एतिहासिक धम्बोझी चोकमा एक कार्यक्रमको आयोजना गरिे ३ हजार माक्स बितरण गरेको हो ।

नेपालगञ्ज मुस्लिम समाज बाँकेका अध्यक्ष हकीम हल्वाई, नेपालगञ्ज मुस्लिम समाज बाँकेका बरिस्ठ उपअध्यक्ष अब्दुल जलिल मन्सुरी (मुन्ना) नेपालगञ्ज मुस्लिम समाज बाँकेकाका सचीव मेराज हिमालय फिरोज वारशी ज्याउलहक हल्वाई बाबुनेता गुड्डू सिद्दीकीको सहभागितामा बटुवाहरूलाई निःशुल्क मास्क वितरण गरिएको छ ।


साथै नेपाल प्रहरीका ड्यूटीमा रहेका प्रहरी हरूमा खाजा र पानी बोतल वितरण समेत गरिएको थियो । नेपालगञ्ज मुस्लिम समाज बाँकेले निरन्तर राहत स्वरुप खाद्यानसमेत वितरण गरिरहेको छ ।

हालसम्म सात सय बोरी राहत खाद्यान्न वितरण गरिसकेको समाजले गरिबहरुलाई खाद्यान्न बितरण पछि मास्क बितरण शुरु गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओम बहादुर रानाको उपस्थितिमा समाजले बाटोमा आवत जावत गर्ने व्यक्तिहरुलाई मास्क बितरण गर्नुका साथै कोरोनाबाट सुरक्षित रहन सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्लानको सहयोगमा युवा महिलाका लागि व्यावसाय सञ्चालन सहयोगी सामाग्री वितरण

२० जेष्ठ २०७८, बिहीबार १७:१२
बर्दिया : प्लान इन्टरनेसनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा स्याक नेपालले सञ्चालन गरेको युवा रोजगार तथा उद्यमशिलता परियोजना अन्तरगत बर्दियाका सातवटा स्थानीय तहका अतिविपन्न युवा महिलालाई व्यवसाय सञ्चालन गर्न सहयोगी सामाग्री वितरण गरिएको छ । परियोजना अन्तर्गतका स्पोन्सर बालबालिकाको परिवारका १८ देखि २४ वर्षका युवा महिलालाई व्यवसाय सञ्चालनका लागि सहयोगी […]

सम्बन्धित