लुम्बिनीमा मुख्यमन्त्रीका लागि कुलप्रसाद केसीको दाबी

सदरलाइन संवाददाता २८ श्रावण २०७८, बिहीबार १३:४२
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता कुलप्रसाद केसीले दाबी पेस गरेका छन् ।

माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्य मन्त्री बनाउन माग गर्दै ४ दलीय गठबन्धनका ४२ सांसदले प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षर बुझाएका हुन् ।

बुधबार अविश्वासको प्रस्तावमाथि छलफल हुनु अगाडि नै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । उनको पक्षमा नेकपा माओवादी केन्द्रका १९, नेपाली काँग्रेसका १८, जसपा नेपालका ३, राष्ट्रिय जनमोर्चाका एक र सूर्य चुनाव चिह्नबाट प्रदेशसभा सदस्यमा निर्वाचित अजय शाहीले हस्ताक्षर गरेका छन् ।


संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत पु¥याएर नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख अमिक शेरचनले बुधबार २४ घण्टाको समय दिएर आह्वान गरेका थिए ।

प्रदेश प्रमुखले दिएको समयभित्रै गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेको कांग्रेसका सांसद शंकर गिरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

८५ तोला चाँदीसहित बाँकेमा एक पक्राउ

२८ श्रावण २०७८, बिहीबार १३:४२
नेपालगञ्ज : ८५ तोला चाँदीसहित बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मुगुम कार्मारोङ गाउँपालिका–६ मुगुका कर्माथि तामाङलाई ८५ तोला चाँदीका कन्दनसहित नाकाबाट पक्राउ गरिएको जमुनाहाका प्रहरी इञ्चार्ज पूर्ण खत्रीले जाकनारी दिए । भारतीय बजार रुपइडिहाबाट कपडाको बोरामा चाँदी लुकाएर नेपाल ल्याउँदै गर्दा तामाङलाई नाकाबाट पक्राउ गरिएको हो । […]

सम्बन्धित