‘चकबन्दी नहुँदासम्म कृषि क्षेत्रको विकास असम्भव’

४ पुष २०७५, बुधबार १७:५३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : प्रदेश नं. ५ का सांसद एवं कृषि बन तथा वातावरण समितिका सभापति विजयबहादुर यादवले नेपालमा चकबन्दी नहुँदासम्म कृषि क्षेत्रको विकास हुन नसक्ने बताएका छन् ।
टुक्रा–टुक्रा जग्गा धेरै ठाउँमा रहेकोले सिँचाईका लागि बोरिङ गाड्दासमेत किसानलाई समस्या भएको भन्दै उनले भूमि क्रान्ति नहुँदासम्म कृषिमा सुधार हुन नसक्ने बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मकै जोन बाँकेले बुधवार नेपालगञ्जमा गरेको स्थानीय निकाय तथा सरोकारवालाहरुसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।


गुणस्तरीय मल बीउको अभावका साथै छिमेकी देश भारतसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको भन्दै सांसद यादवले यहाँका किसानलाई कृषि यन्त्रमा मात्र नभई राज्यले भारतीय बजारको दरभाउमा कृषिसम्बन्धी सबै सामान उपलब्ध गराउनु पर्नेमा जोड दिए । मकै जोन सञ्चालक समितिका संयोजक जयपाल मौर्यको अध्यक्षतामा भएको कार्यक्रममा उनले कृषिजन्य उत्पादको समयमै मूल्य निर्धारण गरेमात्र कृषि क्षेत्रको विकास हुने बताए ।



प्रत्येक स्थानीय तहको वडा कार्यालयअन्तर्गत कृषि उत्पादन खरीद केन्द्र स्थापना गर्ने प्रदेश सरकारको योजना रहेको जानकारी दिँदै सांसद यादवले डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा शीतभण्डार निर्माणका लागि प्रदेश सरकारले अवधारणा ल्याइसकेको दाबी गरे ।
प्रमुख अतिथीको आसनबाट बोल्दै उनले डुडुवा वडा नं. ३ बनकट्टीलाई कृषि स्मार्ट ग्राम बनाउने योजना रहेको सुनाए । कृषि प्रधान देश भनेर मात्र खाद्यान्न उत्पादनमा बृद्धि नहुने भन्दै प्रदेश सांसद यादवले कृषि र कृषकको समग्र विकास नहुँदासम्म देशको उन्नति नहुने स्पष्ट पारे ।

Next Post

दुर्घटना रोक्न साइकलमा रिफ्लेक्टिङ स्टिकर

४ पुष २०७५, बुधबार १७:५३
सदरलाइनडटकम, दाङ : जाडोयाममा अत्याधिक कुहिरो लाग्ने भएकोले ट्राफिक प्रहरीले दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले विद्यार्थीहरुको साइकलहरुमा रिफ्लेक्टिङ स्टिकर टाँस्न थालेको छ । बाक्लो कुहिरोको कारण नजिकै हेर्नपनि गाह्रो पर्ने हुँदा पूर्वपश्चिम राजमार्गमा साईकलहरु बढि ओहोर दोहोर हुने भएकाले पहिलो चरणमा विद्यार्थीहरुको साईकलमा स्टिकर टास्न शुरु गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका […]

ताजा अपडेट