एघारौं क्रिसा रनिङ्ग शिल्ड आजदेखि शुरु

२५ मंसिर २०७६, बुधबार १६:५७
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा बुधवारबाट ११औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । कोहलपुर क्षेत्रका संस्थागत विद्यालयहरुको छाता संगठन क्रिसाले आयोजना गरेको रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले गरेका थिए । उद्घाटन गर्दै मन्त्री बरालले नेपालको शैक्षिक विकासका लागि संस्थागत विद्यालयहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै अब विश्व परिवेश अनुसारको गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए ।
प्रदेश नं. ५ को शैक्षिक क्षेत्रको विकासका लागि प्रदेश सरकारले सबैसँग सहकार्य गरिरहेको जानकारी दिँदै उनले गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको जिकिर गरे । केही दिनअघि कोहलपुरमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री बरालले विद्यालयलाई शान्ती क्षेत्र घोषणा गरिएकाले विद्यालय क्षेत्र भित्र यस्ता घटना हुनु दुःखद भएको बताए ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी कार्यवाहक मेयर सञ्जुकुमारी चौधरीले कोहलपुरलाई शैक्षिक हबका रुपमा विकास गर्नका लागि संस्थागत विद्यालयको महत्वपूर्ण भूमिका रहेको बताउँदै स्थानिय सरकारले संस्थागत विद्यालयसँग सहकार्य गरिरहेको बताइन् । खेलकुदका माध्यमबाट विद्यार्थीको व्यक्तित्व विकासमा हुने भन्दै उनले स्थानीय सरकारले खेलकुदलाई प्राथमिकता दिइरहेको बताइन् ।
कार्यक्रममा बोल्दै क्रिसाका अध्यक्ष शिवप्रसाद डाँगीले प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न सहयोग गरिदिन सबैलाई अनुरोध गरेका छन् । उनले पाठ्यक्रमले तोकेको विषयवस्तुसँगै विद्यार्थीहरुको अन्तरनिहित क्षमताको विकास गर्नका लागि यस्ता प्रतियोगिताको आयोजना क्रिसाले गरिरहेको जानकारी समेत दिएका थिए ।
प्रतियोगिताको पहिलो दिन प्राथमिक तह अन्र्तगत १ सय मिटर दौड र म्युजिकल चियर तथा माध्यामिक तह १ सय मिटर दौड, १ सय मिटर रिले दौडको हिट हुने आयोजकले जानकारी दिएको । प्रतियोगितामा क्रिसामा आवद्ध ३३ वटा विद्यालयहरुले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा प्रावि तह तर्फ फाईभ ए शिल्ड फुटबल, म्युजिकल चिएर, सय मिटर र ४ सय मिटर दौड तथा मावि तह अन्तर्गत एक सय, १५ सय र चार सय मिटर रिले दौड, लङ्न जम्प, सटपुट र भलिबलका खेलहरु सञ्चालन गरिने भएका छन् ।

Next Post

स्रोत नखुलेको ठूलो रकमसहित दुई पक्राउ

२५ मंसिर २०७६, बुधबार १६:५७
सदरलाइनडटकम, नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले स्रोत नखुलेको ठूलो परिमाणको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ घरबारी टोलबाट बुधवार स्रोत नखुलेको १३ लाख रकमसहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ घरबारी टोलका ४६ वर्षीय बिनोद कुमार […]

सम्बन्धित