सदरलाइनडटकम,
नेपालगञ्ज : नेकपा बाँकेको बिहीबार भएको आठौ बैठकले पार्टी एकतालाई अझ प्रगाढ बानउनका लागि पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई एकताबिरुद्ध आफ्ना कुनै पनि अभिब्यक्ति नदिन आग्रह गरेको छ ।
नेकपा बाँके प्रचार विभाग प्रमुख प्रमोद धितालले दिएको जानकारी अनुसार पार्टी अध्यक्ष आईपी खरेलको अध्यक्षता तथा केन्द्रीय सदस्यद्वय मोहम्मद हारुन हल्वाई र मेहेश्वर गहतराज तथा प्रदेश सदस्यसमेतको उपस्थितिमा सम्पन्न बैठकमा केहीदिन यता पार्टीमा देखिएको एकता विरोधी तथा विचलनकाबिरुद्ध एक भइ एकताको पक्षमा दृढ हुन अपिल समेत गर्ने निर्णय गरिएको हो ।
उनले पछिल्लो समयमा केन्द्रमा देखिएको विभिन्न घटनाक्रम जिल्ला तहमा समेत छताछुल्ल हुने गरी पार्टीका आम कार्यकर्ताको मनोभावना तथा एकताका बिरुद्ध भएका र हुने गतिबिधिलाई अंकुश लगाउदै पार्टीको विस्तार र विकासमा लाग्न अभिप्रायले सो आग्रह गरिएको बताए ।
सो बैठकलले विगत सरकारले दिदै आएको एकल महिला भत्ता, र निलो कार्ड प्राप्त अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता पुनः दिनुपर्ने, खेतीको समयमा मलको अभाव देखा परेको अवस्थामा किसानको समस्यालाई सम्बोधन गर्दै तत्काल मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षणको जोडदार माग गरीएको छ ।