सुख्खा बन्दरगाहा निमार्णका लागि मन्त्रीको ध्यानाकर्षण

सदरलाइन संवाददाता १० मंसिर २०८०, आईतवार १२:३५
 

नेपालगञ्ज : नेपालगञ्ज भन्सार नाकामा सुख्खा बन्दरगाहा निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । नेपालगञ्ज पश्चिमको प्रमुख भंसार नाकाकारुपमा स्थापित भएपनि एकिकृत भंसार जाँचचौकीसंगै सुख्खा बन्दरगाहा निर्माणको आवश्यक रहेकाले त्यसका लागि सरकारको ध्यानाकर्षण गराइएको हो ।

नेपालगञ्जमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला समक्ष नेकपा एमालेका केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र, नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, बरिष्ठ उद्योगी संजय अग्रवालले यो बिषयको उठान गरेका हुन् । एकिृकत भंसार जाँचचौकी (आईसिपी) निर्माण भई सञ्चालनको अन्तिम चरणमा छ तर उक्त पूर्वाधारले तेस्रोमुकुलसंग हुने कारोवारलाई बढावा नदिने उनीहरुले बताएका छन् ।

एकिकृत भञ्सार जाँचचौकीले हालकै भंसार कार्यालयको कामको सहजिकरण र व्यवस्थापन गर्ने भए पनि यसले तेस्रो मुलुकसंग हुने आयात निर्यातलाई खासै फरक नपर्ने मन्त्री ज्वालासंगको भेटघाट पछि जारी बिज्ञप्तिमा उल्लेख छ । तसर्थ पश्चिम नेपालको प्रमुख भंसार नाका भएका कारण नेपालगञ्जमा आईसिपीलाई सुख्खा बन्दरगाहामा परिणत गर्नुपर्ने टड्कारो आवश्यक देखिएको उनीहरुको भनाई छ ।

नेपालगञ्ज नाकाको सुन्दर भविष्यका लागि थालिएको पहलमा माननीय मन्त्री ज्यू सकारात्मक देखिनुभएको छ भने उक्त चासोलाई सम्बोधन गर्न पहल गर्ने बताएका छन् । नेपालगञ्ज पश्चिमको प्रमुख नाका भएका कारण यस नाका हुँदै हुने बैदेशिक ब्यापारलाई सहज र सरल बनाउन आवश्यक पर्ने सुख्खा बन्दरगाहा सहितका सबै पूर्वाधार निर्माण गर्न लाग्ने उल्लेख गरे ।

नेपालगञ्जमा हाल निर्माणाधिन एकिकृत भन्सारचौकीलाई सुख्खा बन्दरगाहामा परिणत गर्दा पश्चिमको बैदेशिक ब्यापारमा ठूलो फड्को मार्ने निश्चित छ । आईसिपी निर्माणको शुरुवातदेखि नै उक्त पूर्वाधार सुख्खा बन्दरगाहा हो भन्ने आमनागरिकमा बुझाई रहेको थियो । तर हाल उक्त पूर्वाधार आईसिपी मै समेटिने कुराले आम उद्योगी, व्यवसायी र नागरिकलाई निरास बनाउने भएकाले तत्कालै सरकारले सुख्खा बन्दरगाहा बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिइएको छ ।


सुख्खा बन्दरगाहाका लागि आवश्यक सबै पूर्वाधार रहेको र भारत सरकारले नेपालगन्जसंग जोडिने गरी भारततर्फ समेत रेलवे पूर्वाधारमा ठूलो लगानी गरेको छ । बहराईच–नानपारा–नेपालगञ्ज रोडको ब्रोडग्रेज लाइन निर्माणका लागि रु ३ अर्व ४२ करोड बजेट बिनियोजन गरेको छ ।

रेलवे लिंक समेत सहज तरिकाले जोडिने भएकाले हालको आइसिपीलाई सुख्खा बन्दरगाहामा परिणत गर्ने आवाजलाई थप बल पुगेको छ । हालको रेलवे लिंक आईसिपीदेखि दुई किलोमिटरको दुरीमा मात्रै रहेकाले नेपाल सरकारले भारतसंग पहल गरी हालको रेलवे लिंक आईसिपीसंग जोडेर सुख्खा बन्दरगाहामा परिणत गर्न जोडदार माग गरिएको छ ।

नेपालगञ्जलाई आर्थिक हबकारुपमा परिणत गर्न बिगतदेखि नै उठ्दै आएको आवाजलाई बास्तविकतामा परिणत गर्नका लागि सुख्खा बन्दरगाहा निर्माण अपरिहार्य रहेको बताउँदै सोका लागि आवश्यक पहल गर्न सम्पूर्ण सरोकारवाला पक्ष समक्ष हार्दिक अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जरायोलाई नियन्त्रणमा लिई निकुञ्ज पठाइयो

१० मंसिर २०८०, आईतवार १२:३५
नेपालगञ्ज : नेपालगञ्ज बजारबाट वन्यजन्तु जरायोलाई नियन्त्रणमा लिई बाँके राष्ट्रिय निकुञ्ज पठाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका १८ स्थित बस्तीबाट जङ्गली जनावर जरायोलाई शनिबार दिउँसो नियन्त्रणमा लिइएको नेपालगञ्ज सब डिभिजन वन कार्यालय राँझाका सहायक डिभिजन वन अधिकृत नारायण पार्धेले जानकारी दिए । शनिबार बिहान कुकुरले लखेट्दै ल्याएर खेतको खाडलमा खसेर अड्किएको […]

सम्बन्धित