कोभिड–१९ बिरुद्धको खोप सर्वसुलभ बनाउन अधिकारकर्मीको माग

सदरलाइन संवाददाता २८ असार २०७८, सोमबार १९:१५
 


नेपालगञ्ज  : मानव अधिकार एलायन्स बाँकेले २१ औ स्थापना दिसवको अवसरमा ‘कोभिड–१९ र मानव अधिकार उपभोगको अवस्था’का विषयमा सरोकारवालासंग अन्तरक्रिया गरेको छ ।

कोरोना कहरको कारण मानव अधिकारको अवस्थामा केन्द्रीत रहेर गरिएको छलफलमा बाँच्न पाउने अधिकारको सुनिश्चित गर्नको लागि कोरोनाका बिरुद्धको खोप सबैलाई राज्यबाट तत्काल उपलब्ध गराउनु पर्ने, संक्रमणबाट जोगिनको लागि लकडाउनको विकल्प खोजिनु पर्ने साथै दैनिक गुजारा चलाउनको लागि बाताबरण बनाउन राज्यले पहल गर्नुपर्ने जस्ता सुझाव आएका छन् ।

मानव अधिकार एलायन्स बाँकेका अध्यक्ष प्रभातकुमार ठकुरीको अध्यक्षतामा सम्पन्न सो अन्तरक्रियामा मानव अधिकार एलायन्सका केन्द्रिय उपाध्यक्ष सुरेसकुमार गौतमले कोरोना कहरबाट जोगाउनको लागि कोरोना बिरुद्धको खोप सबै नागरिकलाई तत्काल लगाउन राज्यले पहल गर्न माग गरे ।


एलयन्सका बाँकेका उपाध्यक्ष वसन्त गौतमले सहजिकरण गरेको कार्यक्रममा नेपाल बार एसोसिएसनका उपाध्यक्ष सुनिलकुमार श्रेष्ठले कोरोनाको कारण बनाउदै नागरिकका अधिकार कुञ्ठित भएको उल्लेख गर्दै लकडाउनको विकल्प सोच्न आवश्यक रहेको औल्याए ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख झंकर रावल, ईन्सेकका भोला महत, भेरी अस्पतालका मेसु डा. प्रकाश थापा, अधिवक्ता बिस्वजित तिवारी, न्यायका लागि द्वन्द्वपीडित समाज बाँकेको अध्यक्ष चन्द्रकला उप्रेतीलगायतले आ–आफ्नो भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नसर्ने रोग सम्बन्धी नेपालगञ्जमा अन्तरक्रिया

२८ असार २०७८, सोमबार १९:१५
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले नसर्ने रोगहरु सम्वन्धि मंगलवार सरोकारवालाहरुसँग नेपालगञ्जमा अन्तरक्रिया गरेको छ । सर्नेभन्दा पनि नसर्ने रोगका कारण मानिसहरुको मृत्यु हुने गरेको तथ्याङ्क सार्वजनिक भएपछि उपमहानगरपालिकाले नसर्ने रोगका बारेमा सचेतना फैलाउने उद्देश्यले सरोकारवालासँग अन्तरक्रिया गरेको हो । उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार नेपालमा सर्ने भन्दापनि नसर्ने रोगका […]