नेपालगञ्जमा भेरोसेलको दोस्रो मात्रा भोली दिइने

सदरलाइन संवाददाता २१ असार २०७८, सोमबार १३:०५
 

नेपालगञ्ज : नेपालगञ्जमा मंगलवार कोभिड १९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको छ । गएको जेठ २६ गते पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई दोस्रो मात्रा दिन लागिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए ।

नगरका २३ वटै वडामा भोली भेरोसेलको दोस्रो मात्रा दिन लागिएको हो । सरकारले बाँकेमा भेरोसेलको पहिलो मात्रा ६२ देखि ६४ वर्षका उमेरसमूहका जेष्ठ नागरिसँगै फ्रन्टलाइनरलाई दिने भनेको थियो ।


तर बाँकेमा भने लक्षित समूहभन्दा बाहिरका व्यक्तिहरुलाई पनि खोप दिएपछि विवाद भएको थियो । खोप लगाउन जाँदा कार्ड भने अनिवार्य गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सेनाद्वारा नेपाल प्रहरीलाई ३०० नाल हतियार हस्तान्तरण

२१ असार २०७८, सोमबार १३:०५
काठमाण्डौ : नेपाली सेनाले नेपाल प्रहरीलाई तीन सय नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामग्रीहरू हस्तान्तरण गरेको छ । सोमबार जंगी सेनाको अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ती हतियार हस्तान्तरण गरेका हुन् । नेपाल प्रहरीलाई तालिम, विशिष्ट र अति […]