पत्रकार महासंघको लुम्बिनी सरकारलाई ज्ञापनपत्र

सदरलाइन संवाददाता २० असार २०७८, आईतवार १६:२१
 

नेपालगञ्ज : लुम्विनी प्रदेश सरकारले प्रदेश सभामा दर्ताका लागि हालै पठाएको सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक पुनर्लेखन गर्न बाँकेका पत्रकारहरुले माग गरेका छन् ।

नेपाल पत्रकार महासंघ बाँकेले आज प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल मार्फत् लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएको छ । महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको नेतृत्वमा पुगेको पत्रकारहरुको एक टोलीले ज्ञापनपत्र बुझाएको हो ।

महासंघ लुम्विनी प्रदेश समितिका उपाध्यक्ष शुक्रऋषि चौलागाईले विधेयकको प्रस्तावनादेखि अधिकांश धारा उपधारामा सञ्चार माध्यम र सञ्चारकर्मीहरुलाई डण्ड जरिवानादेखि जेल सजायसम्मको प्रावधान राखिएको बताउँदै तत्काल फिर्ता लिई पुनर्लेखन गर्न माग गरे ।


महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलि, सल्लाहकार डक्ट धिताल, प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली लगायत अग्रज पत्रकार एवं आस्थागत संघसंगठनका अगुवाहरुले आजको व्यवस्था ल्याउनका लागि सञ्चार माध्यम र सञ्चारकर्मीहरुले हिजो खेलेको भूमिका चटक्क विर्सिएर मिडिया र मिडियाकर्मीहरुमाथि कानुनी डण्डा चलाउने सोच विधेयकमा प्रष्ट झल्किएको भन्दै तत्काल फिर्ता लिएर पुनर्लेखन गर्न माग गरेका थिए ।

महासंघ बाँकेका अध्यक्ष भण्डारीले विधेयक प्रदेशसभाबाट फिर्ता गरेर पुनर्लेखनको वातावरण मिलाउन माग गर्दै यो ज्ञापन बुझाइएको बताए । अध्यक्ष भण्डारीले यही अवस्थामा अघि बढेमा थप आन्दोलनका कार्यक्रमहरु सञ्चालन गर्न बाध्य हुने चेतावनी समेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा कोरानाका २ संक्रमित थपिए, ३ जना डिष्चार्ज

२० असार २०७८, आईतवार १६:२१
नेपालगञ्ज : बाँकेका थप २ जनामा कोरोना पुष्टि भएको छ । जुन जम्मा परीक्षणको २० प्रतिशत हो । आइतवार ३ जना डिष्चार्ज भएका छन् । यहाँका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा बाहिरी जिल्लाका समेत गरी १० जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट थप कसैको मृत्यु भएको छैन । भेरी […]