रक्तदान गरि मनाइयो जन्मोत्सव

सदरलाइन संवाददाता १० असार २०७८, बिहीबार १६:३१
 

नेपालगञ्ज : रगत संकलन गरेर आफनो जन्मोत्सव मनाउन थालिएको छ । योग समिति नेपालका संस्थापक अध्यक्ष एवम योग गुरु गिरीराज भट्टराईको जन्मोत्सवको अवसरमा बिहीवार रक्तदान गरिएको हो । जन्मोत्सवमा ५० जनाले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवद्र्धन सिंह सम्झनाको प्रम्ख आतिथ्यातामा सम्पन्न कार्यक्रममा रक्तदाता भट्टराईराई खादा ओढाएर सम्मान गरियो । सम्झानाले रक्तदातालाई प्रमाण पत्र वितरण गर्दै मानवीय सेवासँगै योग प्रवद्र्धनकाका लागि धन्यवाद प्रकट गरे ।


कार्यक्रममा उद्योग वाणीज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्य, योग समितिका कानूनी सल्लाहकार विश्वजित तिवारीले योग र सेवा बारे बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा चक्रपथ विस्तारका लागि पहल गरिने

१० असार २०७८, बिहीबार १६:३१
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ मा चक्रपथ विकासका लागि आवश्यक पहल गर्ने भएको छ । बिहीवार भएको ९ औं नगरसभामा बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर डा. धवलशम्शेर राणाले भौतिक पूर्वाधार विकासमा प्राथकिता दिइएको बताए । उपमहानगरपालिकाले सम्पूर्ण वडामा भवन निर्माण कार्यलाई निरन्तरता दिने भएको छ […]