नेपाल पुस्तक तथा स्टेसनरी व्यावसायी महासंघ बाँकेको ११ औँ साधारण सभा सम्पन्न

५ फाल्गुन २०७४, शनिबार १८:३३
 

सदरलाइन / रविन्द्रसिंह ठकुरी
५ फागुन, नेपालगन्ज  : ‘ब्याबसायिक संरक्षण र सांगठनिक सशक्तिकरणमा हाम्रो अभियान’ भन्ने मुल नाराका साथ नेपाल पुस्तक तथा स्टेसनरी ब्याबसायी महासंघ बाँकेको ११ औँ साधारण सभा सम्पन्न भएको छ ।
नेपाल पुस्तक तथा स्टेसनरी ब्याबसायी महासंघका द्वितिय उपाध्यक्ष नबराज ढकालले उद्घाटन गरेको सो कार्यक्रममा हालै सम्पन्न भएको शैक्षिक महोत्सबको बारेमा समिक्षा गर्दै स्मारिका पनि सार्बजनिक गरिएको थियो ।
नेपाल पुस्तक तथा स्टेसनरी ब्याबसायी महासंघ बाँके शाखाले आफ्नो ११ औ साधारण सभा बैजनाथ गाउपालिकाको गाभर होमस्टेमा आयोजना गरेको थियो ।
सो साधारण सभामा गत मंसिरमा आयोजना गरिएको पुस्तक महोत्सवका सहयोगिहरुलाई मायाको चिनो वितरण गरिएको र शाखाको आय व्ययका साथै भावि कार्यक्रमहरुमाथि छलफल गरिएको शाखाका सल्लाहकार बसन्त लामिछानेले जानकारी दिए ।


कार्यक्रममा स्टेसनरी व्यावसायीहरुले राज्यले छुट्टै नीति बनाएको खण्डमा आफुहरुलाई काम गर्न अझ सहज हुने कुरामा समेत जोड दिएका थिए । कार्यक्रममा बाँकेका सबै स्टेसनरी ब्याबसायीहरुको उपस्थिति रहेको कार्यक्रममा स्टेसनरी ब्याबसायीहरुले बनभोज कार्यक्रमको समेत आयोजना गरेको प्रथम उपाध्यक्ष शालिक सुवेदीले जानकारी दिए ।
कार्यक्रममा प्रदेश नं. ५ का संयोजक दिवाकर घिमिरे, प्रदेश नं. ६ को संयोजक भैरव रावल, दाङ्ग, सुर्खेत, बर्दियाका जिल्ला अध्यक्षहरु, प्याब्सन, एनप्याब्सन, हिसान लगायतको सहभागिता रहेको थियो ।


 

Next Post

कोहलपुर महोत्सवमा बद्री र हेमन्तले जुरुक्कै उचालेपछि...

५ फाल्गुन २०७४, शनिबार १८:३३
सदरलाइनडटकम  ६ फागुन, नेपालगन्ज  : गत माघ २६ गतेदखि जारी कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव–२०७४ मा शनिबार महेत्सव हेर्न आउने दर्शकको ओइरो लागेको छ । सुरक्षाकर्मीलाई समेत दर्शकको भिडलाई व्यवस्थित गर्न हम्मेहम्मे परेको थियो । महोत्सवको नवौं दिन मञ्चमा चर्चित राष्ट्रिय लोकदोहोरी तथा जनगायक बद्री पंगेनी स्टेजमा चढ्दा […]