खजुरामा विपद पूर्वतयारी बैठक

सदरलाइन संवाददाता २ असार २०७८, बुधबार १६:२२
 


खजुरा (बाँके) :   बाँकेको खजुरा गाउँपालिकाको विपद व्यवस्थापन समितिले बाढी र डुबान लक्षित पूर्व तयारी थालेको छ । किरण नाला, पेडारी नाला, जेठीनाला, र मानखोलाबाट विभिन्न वडामा हुने सक्ने क्षति र प्रभावबारे अनुमान गर्दै पूर्व तयारी थालेको हो ।

बाढी जन्य विपदबाट जोगिदै क्षति न्यूनिकरण गर्नको लागि सूचना प्रणालीको विकास, सरोकारवालाको समन्वयबाट तत्काल उद्दार, राहत, खाना, बस्न र औषधि उपचारलगायतका व्यवस्थापन गर्ने तयारी गरिएको छ । विपद व्यवस्थापन समितिका संयोजक तथा खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षतामा समितिको बैठक बसेर सम्बद्ध सदस्यहरुबाट सुझाव लिएको छ ।

बैठकमा खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, कार्यपालिका सदस्यहरु योगमाया खनाल, फत्तेकुमारी जैसी, सीता गुरुङ, झुमा योगी, निशार अलि दर्जी, भागीरथ सुनार, खजुरा गाउँपालिका योजना अधिकृत दिलबहादुर पौडेल, खजुरा रेडक्रस अध्यक्ष जीवनाथ सापकोटा, इलाका प्रहरी धनौलीका प्रहरी नायब निरीक्षक पुष्करराज जोशी, गैसस प्रतिनिधि शोभना मिश्र, नेकपा एमालेका झगबहादुर
पौडेल, नेपाली काँग्रेसका भीमबहादुर विश्वकर्मा, माओवादी केन्द्रका राजकुमार बिक, स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेल, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले विपतमा सबै एकजुट भएर लाग्ने प्रतिबद्धता जनाए ।

उनीहरूले दिएको सुझावको आधारमा विपदको व्यवस्थापनमा लाग्ने भन्दै खजुरा गाउँपालिका अध्यक्ष कक्षपतिले वडास्तरका विपत व्यवस्थापन समितिका साथै सबै सरोकारवाला सक्रियताका साथ लाग्नु पर्नेहरूमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्ती नदीमा पानीको सतह निरन्तर बढ्दै तल्लो तटमा सचेत रहन आग्रह

२ असार २०७८, बुधबार १६:२२
नेपालगञ्ज  : राप्ती नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ । लगातारको वर्षापछि नदीमा पानीको सतह बढ्दो क्रममा रहेको छ । जिल्ला विपद व्यवस्थापन समिति, बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले नदीमा पानीको सतह ५ मिटर एक सेन्टीमिटर पुगिसकेको जानकारी दिए । उनले यो सतर्कता […]

सम्बन्धित