लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भन्छन् : बाँकेको मुहार फेर्न हामीलाई जिताउनुहोस्

१२ मंसिर २०७४, मंगलवार १८:५०
 

सदरलाइनडटकम 
१२ मंसिर, नेपालगन्ज : लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भन्छन–‘बाँकेको समग्र विकास र समृद्धिका लागि हामीलाई जिताउनुहोस ।’ मंगलबार बाँकेका विभिन्न स्थानहरुमा आयोजना गरिएका चुनावी सभा तथा भेलालाई सम्बोधन गर्दै उनीहरुले सो कुरा बताएका हुन ।
बाँके निर्वाचन क्षेत्र नम्बर ३ सीतापुरको एलगाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दैै प्रतिनिधि सभा ३ का उम्मेदवार बादशाह कुर्मीले बामगठबन्धनका नाममा एकदलीय तानाशाही व्यवस्था लागू गरेर देशलाई कंगाल बनाउनेहरु विरुद्ध सचेत रहन आग्रह गर्दै भने–‘लोकतन्त्रको नाम भजाएर जनतालाई झुक्याउने र साम्यबाद ल्याउने दिवा स्वप्न देख्नेहरुसित सजक रहन आग्रह गर्छु । पश्चिम बाँकेको मुहार फेर्न चाहान्छौ तर, जनताको साथ पाए कायापलट गरेर देखाइदिने बताए । प्रदेश सभा ३ ख का उम्मेदवार लक्ष्मीनारायण शाह लगायत कांग्रेस र राप्रपाका नेताहरुले सम्बोधन गरेका थिए ।
लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री र प्रदेश सभा १ ख का उम्मेदवार नारायण गौडेलले कोहलपुर नगरपालिका वडा नम्बर १० एकतानगरमा घरदैलो गरेको प्रचारप्रसार सचिवालय संयोजक भूम भण्डारीले जानकारी दिए । प्रदेशसभा १ क का उम्मेदवार शरदचन्द्र बर्माले राप्तीसोनारी गाउँपालिकाको वडा नम्वर ७ फत्तेपुरमा घरदैलो गरेका छन् ।
प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार ओमप्रकाश आजादसंगै डुडुवा गाउँपालिका वडा नम्बर २ का विभिन्न गाउँहरुमा घरदैलो गरेको प्रदेश सभा २ क का उम्मेदवार निरन्जनसिंह सिंजापतिले जानकारी दिए । प्रदेशसभा २ ख का उम्मेदवार सुरेन्द्र हमालले बसपार्क क्षेत्र, गणेशपुरमा घरदैलो र नेपालगन्जको वडा नम्बर ३ र ११ को सम्पर्क कार्यालय उद्घाटन गरेको प्रचारप्रसार संयोजक सुनिलसिंह हमालले बताए ।    


 

Next Post

संघिय समाजबादी फोरमका उम्मेदवार राई गाउ शहर गर्दै मतदाता रिझाउदै

१२ मंसिर २०७४, मंगलवार १८:५०
सदरलाइनडटकम १२ मंसिर, नेपालगन्ज : निर्बाचनको मिति नजिकिदै गर्दा संघिय समाजवादी फोरम नेपालले प्रचार अभियानलाई गाउ र नगरमा साथ साथै सञ्चालन गरेको जनाएको छ । प्रतिनिधी सभा उम्मेदवार मोहम्मद ईस्तयाक राईले नगर र गाउँमा एकैसाथ मतदाता भेटघाटलाई तिब्र पारेको बताए । उनले मतदाताको घरदैलोमा पुग्दा आफुले निकै माया र स्नेह […]

सम्बन्धित