मोटरसाईकल मोडिफाई गर्ने प्रहरी नियन्त्रणमा

१० चैत्र २०७४, शनिबार १८:०३
 

सदरलाइनडटकम
१० चेत, नेपालगन्ज : नेपालगन्जमा मोटरसाईकल मोडिफाई गरी स्वरुप विगार्दै ध्वनी प्रदुषण गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बाँकेले मोटरसाईकल र मोडिफाई गर्ने व्यक्ति नियन्त्रयामा लिएर अनुसंधान सुरु गरेको छ ।
प्रहरीकोे सडक सुरक्षा जाँच टोलीले नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ बेलासपुरमा चेकजाँच गर्ने क्रममा मोटरसाईकललाई नियन्त्रणमा लिएको
हो ।
नियन्त्रणमा लिएको मोटरसाईकलको नम्बर प्लेट, हेडलाईट, साईलेन्सर काटेको र मोटरसाईकलको पछाडिको भाग समेत स्वरुप (मोडिफाई) परिवर्तन समांजमा ध्वनि प्रदुषण फैलाउने काम गरेको हुदा नियन्त्रणमा लिएको हो ।
मोटरसाईकल चालकको सवारी अनुमति पत्र, बिलबुक समेत साथमा नहुदा चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै उक्त मोटरसाईकल मोडीफाई गर्ने मिस्त्रीलाई समेत पक्राउ गरी सार्वजनिक मुद्दा दर्ता गरी आवश्यक कारवाही बढाएको जिल्ला प्रहरी बाँकेले जनाएको छ । मोटरसाईकल चालक र मिस्त्रीको नाम भने प्रहरीले गोप्य राखेको छ ।

Next Post

नेतृत्व तथा वाककला तालिम प्रदान

१० चैत्र २०७४, शनिबार १८:०३
सदरलाइनडटकम १० चैत, नेपालगन्ज  : प्लान नेपालको सहयोगमा राईजिङ आइडल्स बाँकेको आयोजनामा ग्रामिण यूवा महिलालाई दुईदिने नेतृत्व तथा वाककला तालिम दिइएको छ । यूवा महिला सञ्जालमा आवद्ध बैजनाथ गाउँपालिका १, खजुरा ३, ४ र डुडुवा गाउँपालिका ४ र ५ वडाका २७ यूवा महिलालाई प्रशिक्षण दिइएको आयोजकले जनाएको छ । तालिममा […]