‘यास’ चक्रवातको नेपालमा केही दिन असर देखिने

सदरलाइन संवाददाता १३ जेष्ठ २०७८, बिहीबार १६:३४
 

काठमाण्डौ : बङ्गालको खाडीमा विकास भएको ’यास्’ नामको चक्रवात न्यून चापीय क्षेत्रमा परिणत भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीवार विशेष बुलेटिन निकालेर चक्रवात कमजोर भइ न्यून चापीय क्षेत्रको रूपमा परिणत भएको र यसको असर नेपालमा केही दिन पर्ने जनाएको छ ।

चक्रवातको प्रभावले शनिवारसम्म केही ठाउँमा ठूलो पानी तथा हिमाली क्षेत्रमा हावाहुरीसहित हिमपात हुने सम्भावना रहेकोले सचेत रहन विभागले आग्रह गरेको छ । आज देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले जनाएका छन् ।


‘यो सिजनमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिना–पानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ । उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात, वर्षा तथा उच्च वेगको हावाहुरीसमेत चल्न सक्ने सम्भावना रहेकोले केही दिन पर्वतारोहण नगर्न र नगराउनु हुन अनुरोध छ’, विभागले भनेको छ ।

यसअघि गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी, पहिरो तथा डुबान जस्ता विपद्का घटना हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । यस्तै प्राधिकरणले पर्वतारोहणमा गएकाहरूलाई फिर्ता हुन पनि निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिहीवार बाँकेमा ११९ संक्रमित थपिए, १७७ डिष्चार्ज

१३ जेष्ठ २०७८, बिहीबार १६:३४
नेपालगञ्ज : बाँकेमा बिहीवार ११९ जना कोरोना संक्रमित थपिएका छन् । जुन जम्मा परीक्षणको ३८.५ प्रतिशत हो । यस्तै बिहीवार १७७ जना डिष्चार्ज भएका छन् । यहाँका दुई वटा प्रयोगशालामा गरिएको परीक्षणमा बाहिरी जिल्लाका समेत गरी ३०९ जनामा कोरोना पुष्टि भएको छ । बाँकेका ४ जनासहित बिहीवार थप ९ जनाको […]