विप्लवद्वारा ४४ विगाह जग्गा कब्जा

१५ श्रावण २०७६, बुधबार १६:१३
 

सदरलाइनडटकम,
कैलाली : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ले कैलालीको बर्दगोरीया गाउँपालिकामा झन्डै ४४ विगाह जग्गा कब्जामा गरेको छ । बर्दगोरिया जनपरिषद् प्रमुख अनुकूलको नेतृत्वमा उक्त जग्गामा ब्यानर टाँसेर कब्जा गरेको जनाइएको छ ।
स्थानीय राजेन्द्र मल्ल र वीरबहादुर मल्लको ३५ बिघा जमिनसँगै घर, देवबहादुर मल्लको ८ बिघा जमिन र घर तथा सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंकको स्वामित्वमा रहेको १७ कट्ठा जमिन कब्जा गरेको हो । यसअघि तत्कालीन माओवादी द्वन्द्वका क्रममा समेत कब्जा गरिएको उक्त जग्गा फेरि विप्लव समूहले कब्जामा लिएको हो । घरजग्गामा टाँसिएको ब्यानरमा सो जग्गा बिक्रीवितरणमा संलग्नलाई भौतिक कारबाही गरिने उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी टोली त्यहाँ पुग्दा उक्त ब्यानर नरहेको जनाएको छ । प्रहरी त्यहाँ पुग्दासम्म त्यो ब्यानर नरहेकोा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष्य बस्नेतले बताए । आफूहरूले यस विषयमा अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

Next Post

भेरी अस्पतालमा रगत जाँचको लागि सिबिसी रिएजेन्ट अभाव सेवा प्रभावित

१५ श्रावण २०७६, बुधबार १६:१३
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जको भेरी अस्पतालमा रगत (सिबिसी) जाँच गर्दा प्रयोग हुने रिएजेन्टको अभाव हुँदा आजदेखि सेवा प्रभावित हुने भएको छ । अस्पतालका प्याथोलोजी विभाग प्रमुख बालकृष्ण अवालले तत्कालको अवस्थामा सिबिसि जाँच (कम्प्लेट ल्बड काउन्ट) कुल्टर मेसिनको लागि आवश्यक रिएजेन्ट अभाव भएको कारण सामान्य रगत जाँच समेत भेरी अस्पतालमा हुन […]

सम्बन्धित