पञ्चसिलद्धारा ५ थान अक्सिजन सिलेण्डर सहयोग

सदरलाइन संवाददाता ९ जेष्ठ २०७८, आईतवार १६:५५
 

नेपालगञ्ज : कोभिड–१९ कोरोना भाईरसको महामारीको संकटबाट निकासका लागि बाँकेबासी सहयोगी मनकारी हातहरूले आ–आफ्नो स्तरबाट सहयोग गरिरहेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ बाट सञ्चालित वडा कार्यालयमा आईसोलेसन वार्डका लागि लायन्स क्लब अफ नेपालगञ्ज पञ्चसिलले ५ थान अक्सिजन ग्यास सिलेण्डर उपलब्ध गराई सहयोग गरेको पञ्चसिलका कृष्णादेवी पाण्डेयले बताइन् ।


नेपालगञ्जमा विगत केही दिन अघिदेखिनै अक्सिजन ग्यास तथा ग्यास भरिने सिलेण्डरको कमी हुँदै आईरहेको अवस्थामा भेरी अस्पताल भित्र रहेका कोरोना संक्रमित करीब २ सय ५० बढी बिरामीहरूको लागि अक्सिजन लिक्युडको व्यवस्था गरिएको छ ।

तर नेपालगञ्ज उपमहानगरपालिकाद्धारा सञ्चालित आईसोलेसन वार्डहरूमा हाल पनि चाहिए जति अक्सिजन ग्यास उपलब्ध नभएको अवस्थामा पञ्चसिलद्धारा वडा नं. १२ को आईसोलेसन वार्डलाई उपलब्ध गराईएको ५ थान अक्सिजन ग्यास सिलेण्डरले संक्रमितहरूको लागि लाभकारी हुने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्जनी रसोईलाई कृष्णाले तरकारी उपलब्ध गराउने

९ जेष्ठ २०७८, आईतवार १६:५५
नेपालगञ्ज : हाल कोभिड–१९ कोरोना भाईरसको महामारीका बीच सहयोगी हातहरू अगाडी बढ्दै गएका छन् । अन्जनी माता रसोई घरलाई हाल सहयोगी हातहरूले हातेमालो गरेकै हुँदा दैनिक ३ सय ५० बढी कोरोना संक्रमित र उनका कुरूवाहरूले साँझ–बिहान खान खाईरहेका छन् । केही समय अगाडि बिहानको छाक रू. २० र साँझको छाक […]