विश्व उच्च रक्तचाप दिवस मनाईंदै

सदरलाइन संवाददाता ३ जेष्ठ २०७८, सोमबार ११:५५
 

काठमाण्डौ : सोमवार विश्व उच्च रक्तचाप दिवस । हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस मनाइन्छ । विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरेर सोमवार उच्च रक्तचाप दिवस मनाइँदैछ ।

यस वर्षको विश्व उच्च रक्तचाप दिवसको नारा ’तपाईंको रक्तचाप सही मापन गर्नुहोस’ रहेको छ । यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो ।


बदलिँदो र व्यस्त जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ, नचाहिँदो सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले मानिसलाई हाइपरटेन्सिभ अर्थात् उच्च रक्तचापको बिरामी बनाइरहेको डाक्टरहरु बताउँछन् । २०१६ मा नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्वेले पनि उच्च रक्तचाप नेपालीहरुका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ ।

सर्वेमा २५ प्रतिशत वयष्क पुरुषमा उच्च रक्तचाप भेटिएको थियो । शहरी क्षेत्रमा उच्च रक्तचापको समस्या बढ्दो छ । सन्तुलित खानपान, शारीरिक अभ्यास र तनाव घटाउने गरेमा उच्च रक्तचापको समस्या कम हुने डाक्टरहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा जेठ १० गतेसम्म निषेधाज्ञा थपियो

३ जेष्ठ २०७८, सोमबार ११:५५
नेपालगञ्ज : बाँकेमा बैशाख १३ गतेदेखि जारी निषेधाज्ञा जेठ १० गतेसम्म लम्बिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा आज जारी आदेशमा बाँकेमा कोभिड–१९ को संक्रमण दरमा कमी नआई परिस्थिति असहज बन्दै गइरहेकाले निषेधाज्ञा जेठ १० गते राति १२ बजेसम्म थप गरिएको उल्लेख छ । यो अवधिमा अत्यावश्यक सेवा र […]