डुडुवाले टेरेन कोभिड व्यवस्थापन केन्द्रको निर्णय

सदरलाइन संवाददाता ६ बैशाख २०७८, सोमबार १३:१६
 

नेपालगञ्ज : कोरोना रोकथाम तथा निदानका लागि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले गरेको निर्णयलाई डुडुवा गाउँपालिकाले लत्याइदिएको छ । विहीबार बसेको केन्द्रको बैठकले विद्यालयमा भाइरस संक्रमणको जोखिम फैलिएको निष्कर्ष निकाल्दै आइतवारदेखि जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । नेपालगञ्ज र डुडुवाका शिक्षक र विद्यार्थीमा भाइरस संक्रमण देखिएको छ ।

संक्रमणको दर अस्वभाविक ढंगबाट बढ्न थालेपछि भीडभाड हुने क्षेत्रमध्येको विद्यालय बन्द गर्ने निर्णय भएको थियो । चिकित्सकको सुझावका आधारमा केन्द्रले विद्यालय बन्दको विकल्प नभएको निष्कर्ष निकालेको थियो । तर डुडुवा गाउँपालिकाले भने विद्यालय बन्द गरेको छैन् ।

गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले संक्रमण देखिएका विद्यालयलाई बन्द गरिएपनि अन्य विद्यालयमा पठनपाठन यथावत रहेको बताए । उनले अन्य विद्यालयमा स्वास्थ्य सामाग्री वितरण शुरु गरिएको बताए ।


ज्ञानदिप मावि डलैपुर र नेराप्रावि अमरहवा भने बन्द छन् । त्यहाँका शिक्षक र विद्यार्थीलाई भाइरस संक्रमण देखिएको छ । सरस्वति माविका शिक्षकमा पनि भाइरस पुष्टि भइसकेको छ । मावि बनकट्टीका शिक्षकमा पनि भाइरस पुष्टि भएको छ । तर यी विद्यालय भने बन्द छैनन् ।

डुडुवा गाउँपालिकामा मात्रै शिक्षक र विद्यार्थीगरी २१ जनामा भाइरस संक्रमण पुष्टि भइसकेको छ । अधिकांश विद्यालयका बालबालिका र शिक्षकहरुमा ज्वरो आउने, टाउको दुख्नेलगायतका समस्या देखिएको बताउने गरेका छन् । केही शिक्षकहरु यही कारण विद्यालय गएका छैनन् ।

विद्यालयहरुले स्वास्थ्य मापदण्ड विपरित निर्वाध रुपमा पढाई सञ्चालन गरिरहेको अभिभावक बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चमुण्डाद्वारा उपाधि रक्षा

६ बैशाख २०७८, सोमबार १३:१६
काठमाडौं  : डिफेन्डिङ च्याम्पियन चामुण्डा माविले गोकर्णेश्वर नगरस्तरीय अन्तर विद्यालय तेश्रो राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि सोमबार जितेको छ । विभिन्न खेल समावेश प्रतियोगितामा चामुण्डा सर्वाधिक १ सय ५७ अंकसाथ समग्रमा टिम च्याम्पियन बन्दै उपाधि रक्षा ग¥यो । दोश्रो भएको इस्टपोल १ सय ५५ अंकसाथ दोश्रो भयो । गत […]

सम्बन्धित