कोभिडको दोस्रो लहर : विद्यालयसहित अन्य क्षेत्र बन्द गर्ने तयारी

सदरलाइन संवाददाता २७ चैत्र २०७७, शुक्रबार १४:५१
 

काठमाण्डौ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइसरको नयाँ संक्रमण लहर फैलिएको भन्दै जोखिम नियन्त्रणका लागि विद्यालय, पार्टी प्यालेस, फिल्म हललगायत बन्द गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरेको छ ।

कोरोनाको नयाँ भेरियन्टले युवाहरुमा असर देखिएको भन्दै संक्रमण नियन्त्रणका लागि सिफारिस गरेका हो । विद्यालयमा हुने पठनपाठन अनलाइनमार्फत गर्न सिफारिस गरेको छ ।

त्यस्तै, २५ जनाभन्दा बढी भेला भएर सभा समारोह गर्न रोक लगाउन समेत मन्त्रालयले सिफारिस गरेको छ ।

Next Post

‘प्रेमगन्ज’मा सम्पदा बानियाँ जोडिइन्

२७ चैत्र २०७७, शुक्रबार १४:५१
काठमाण्डौं : चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको चलचित्र ‘प्रेमगञ्ज’ को लागि मुख्य कलाकारमा अर्की नायिका सम्पदा बानियाँ छनौट भएकी छन् । यसअघि अडिसन मार्फत केही कलाकारहरु छनौट भएका थिए । चलचित्रमा नयाक तेज गिरी र नायिकामा बेनिशा हामालसंगै सम्पदा पनि छनोट भएको बतााईएको छ । यस चलचित्र त्रिकोणात्मक विशुद्ध […]