वडाध्यक्ष एक महिलासँग होटलबाट पक्राउ

सदरलाइन संवाददाता ६ चैत्र २०७७, शुक्रबार १४:३९
 

नेपालगञ्ज : एक जना वडाध्यक्ष महिलासंगै होटलमा भेटिएका छन् । दोगडाकेदार गाउँपालिका ७ का वडाध्यक्ष भरत महरा एकजना महिलासँग शङ्कास्पदरूपमा भेटिएका हुन् ।

शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनीहरु दुवैलाई शुक्रबार बिहान ३ बजे स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो ।


उनीहरु दुवैजना कोठामा रहेको भन्ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएपछि प्रहरीलाई खबर गरेकी थिइन् । शङ्कास्पद भेटिएका दुवैजनालाई जिल्ला ल्याउन लागिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।

उनले भने, ‘दुवै जनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौँ, जिल्ला ल्याइँदैछ’, उनले भने, ‘जिल्ला ल्याइँदैछ थप बुझ्छौँ, अहिले नै सबै कुरा भन्न सकिने अवस्था छैन, पार्टीको काम भएकाले सँगै कोठामा बसेको भन्नेछ ।’

Next Post

बाँकेमा कोइला अभाव, मारमा इँट्टा उद्योगी

६ चैत्र २०७७, शुक्रबार १४:३९
नेपालगञ्ज : बाँके लगायत आसपास जिल्लाका इँट्टा ब्यवसायी समस्यामा परेका छन् । भारतले कोइला ल्याउन रोक लगाएपछि यस क्षेत्रका इट्टा ब्यवसायी समस्यामा परेका हुन् । इँट्टाको सिजन भएकै बेला भारतले इँट्टा पकाउन प्रयोग हुने कोइला ल्याउन नदिएपछि तयार भएको काचो इँटा पकाउन नसकेको चाँद इँट्टा उद्योगका सञ्चालक चाँद खानले बताए […]