सिद्धार्थको २२ वर्ष : पाहुनालाई केक, रक्तदान र अनाथलाई खाद्य सामाग्री वितरण

२३ माघ २०७६, बिहीबार १८:५५
 

सदरलाइनडटकम,
काठमाण्डौ :  सिद्धार्थ गु्रपले हस्पिटालिटी ब्यबसाय सुरु गरेको २२ वर्ष पुरा भएकोे अबसरमा देशैभर रहेका शाखाहरुले आफ्ना पाहुनालाई केक खुबाएर स्बागत गरेका छन ।
सोही क्रममा नेपालगञ्जको चारतारे होटेल सिद्धार्थमा आयोजित बार्षिक उत्सब कार्यक्रमको शुभारम्भ नेपालगन्ज उप महानगरपालिकाका मेयर डा धबल शम्सेर राणाले केक काटेर गरे ।
देशैभर रहेका २५ वटा शाखाहरुले अनाथ बालबालिकाहरुलाई खाद्यान्न र शैक्षिक सामाग्रीहरु बितरण, रक्तदान, सरसफाई कार्यक्रम गरेर बार्षिक उत्सब मनाएको हो । सिद्धार्थ गु्रपका शाखाहरुमा आयोजना गरिएको रक्त दान कार्यक्रममा करिब २ सय जनाले रक्तदान गरेको जनाईएको छ ।
बार्षिक उत्सबकै अबसरमा सिद्धार्थ गु्रपले प्रत्येक शाखाबाट लक्की ड्र बाट २ जना ग्राहकहरु छनौट गरी एक दिनका लागि निशुल्क खाजा, खाना र बसोबासको सुबिधा उपलब्ध गराउने भएको छ ।
त्यसैगरी गुल्मीको तम्धासस्थित रेसुङा क्याम्पसका छात्रालाई लक्षित गरेर सेनेटरी प्याड मेसिन उपलब्ध गराएको छ ।
कैलालीको टीकापुरबाट २०५४ माघ २३ देखि सानो खाजा पसलबाट हपिस्टालिटी ब्यबसाय सुरु गरेको सिद्धार्थ गु्रपका कर्णाली चिसापानी, नेपालगञ्ज, सुर्खेत , बुटबल, चितबनको चुम्लिङटार र काठमाण्डौमा रेष्टुरेन्ट, होटेल, रिसोट, टे«ड, क्याफे, इष्ट्रिच्युट, कृषि फर्म र सहकारी गरी २५ वटा शाखाहरु रहेका छन ।
सिद्धार्थ गु्रपले पश्चिममा महेन्द्रनगर र झापाको बिर्तामोडमा पनि सेवा बिस्तार गरेको जनाएको छ । झापाको बिर्तामोडमा निकट भबिश्य मै होटेलहरु संचालन गर्ने तयारी गरि रहेको गु्रपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले जानकारी दिए ।
२२ औ बार्षिक उत्सबको अबसरमा सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटी अन्र्तगतका सबै शाखाहरुले गु्रपले बार्षिक उत्सकका दिन माघ २३ गते देखि माघ मसान्तसम्म सबै शाखाहरुमा फुड र बेबरेजमा १५ प्रतिशत छुट दिने भएको छ ।

Next Post

हात्तीपाईले रोगविरुद्धको राष्ट्रीय अभियान शुरु

२३ माघ २०७६, बिहीबार १८:५५
सदरलाइनडटकम, नेपालगञ्ज : हात्तीपाईले रोग नियन्त्रण राष्ट्रीय अभियानअन्तर्गत शनिवार बाँकेमा प िनहात्तीपाइले रोगविरुद्धको औषधि खुवाईंदै छ । नवौँ पटक औषधि खुवाउँदा समेत हात्तीपाईले रोग नियन्त्रण नभएपछि बाँकेमा दशौँ पटक हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन लागिएको हो । फागुन ५ गतेसम्म सञ्चालन हुने अभियानको पहिलो दिन शनिवार एक कार्यक्रमका बीच जिल्लामा रहेका […]