बाँकेमा बस दुर्घटना हुँदा ३४ जना घाइते

सदरलाइन संवाददाता २९ फाल्गुन २०७७, शनिबार ११:४२
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ बैसामा शुक्रावर राति बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् ।

राप्तीसोनारी ३ खैरहनीबाट दाङको मौरीघाट दुलही पठाउन जाँदै गरेको ना.३ ख. ९७५९ नम्बरको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।


घाइते सबैको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । दुर्घटनापछि बस चालक फरार छन् । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Next Post

सरकारमा गएका मन्त्रीलाई तत्काल फिर्ता आउन माओवादी केन्द्रको निर्देशन

२९ फाल्गुन २०७७, शनिबार ११:४२
काठमाण्डौ : नेकपा (माओवादी केन्द्र)ले आफ्नो पार्टीबाट सरकारमा सरकारमा गएका मन्त्रीहरुलाई तत्काल फिर्ता बोलाएको छ । माओवादी केन्द्रको शनिबार पेरिस डाडामा बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारमा केन्द्रका तर्फबाट सहभागी भएका मन्त्रीहरुलाई तत्काल फिर्ता आउन निर्देशन दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । गृहमन्त्री बादल, […]