कोरोनाविरुद्ध नेपालगञ्जमा उच्च सतर्कता

१६ श्रावण २०७७, शुक्रबार १३:१२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज उप–महानगरपालिकाले उच्च सावधानी अपनाएको छ । कार्यालयको मुख्य प्रवेशद्वारमा हात धुने ब्यवस्था गरिएको छ । दुईजना स्वास्थ्यकर्मीले कार्यालयमा प्रवेश गर्ने कर्मचारी र सेवाग्राहीको ज्वरो स्क्यान गरिरहेको स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिए ।
सेवाग्राहीका लागि मुख्य प्रवेशद्धारमै सेनिटाईजरको समेत व्यवस्था गरिएको छ । यसैगरी सेवाग्राहीको अति चाप हुने राजश्व शाखामा कुपन प्रर्णाली लागु गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका कार्यबाहक प्रमुखको जिम्मेवारीमा रहेकी उपमेयर उमा थापा मगरले उपमहानगरपालिकाले शुरुवातदेखि नै कोरोना रोकथाम र नियन्त्रणका लागि अग्रणी भूमिकामा कार्य गर्दै आएको बताइन् ।
नगर क्षेत्र बाहेक जिल्लाभर कोरोना रोकथाम र नियन्त्रणका लागि उपमहानगरपालिकाले जिल्लाका विभिन्न सरोकारवाला निकायसँग समन्वय गरिरहेको उपप्रमुख थापामगरको भनाई छ । कार्यालयसँगै नगरबासीलाई समेत कोरोना विरुद्ध सावधानी अपनाउन आग्रह गरिएको मगरले बताइन् ।

Next Post

राजश्व कार्यालयलाई बनाइयो आसोलेशन केन्द्र

१६ श्रावण २०७७, शुक्रबार १३:१२
सदरलाइनडटकम, नेपालगञ्ज : आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका धेरै कर्मचारीमा कोरोना देखिएपछि कार्यालयलाईनै आइसोलेशन सेन्टर बनाइएको छ । उक्त कार्यालयका ९ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै कार्यालयलाईनै आइसोलेशन सेन्टरका रुपमा प्रयोग गरिएको हो । एकैपटक धेरै कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि कार्यालयलाई आइसोलेशन सेन्टर बनाएर उनीहरुलाई त्यहीँ राखिएको जिल्ला […]