विद्यालयलाई प्रविधिमैत्री बनाउन कम्प्युटर सहयोग

सदरलाइन संवाददाता १९ फाल्गुन २०७७, बुधबार ११:४०
 

जाजरकोट : तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले कम्प्युटर वितरण गरेको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउन १३ वटा विद्यालयलाई कम्प्युटर वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।

तीनवटा माध्यमिक विद्यालय, तीनवटा आधारभुत विद्यालय र सातवटा प्राथमिक विद्यालयलाई कम्प्युटर वितरण गरिएको अध्यक्ष शाहीले बताए । त्यस्तै, कम्प्युटर सञ्चालनका लागि १२ विद्यालयलाई सैर्य ऊर्जा वितरण गरिएको छ ।


माध्यमिकस्तरका विद्यालयमा इन्टरनेट सेवा समेत उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । पाठ्यक्रममा कम्प्युटर विषय पढाइ भएपनि प्रयोगात्मक नहुँदा विद्यार्थीहरुको पढाइमा समस्य आएपछि गाउँपालिकाले कम्प्युटर विद्यालयलाई उपलव्ध गराएको हो ।

Next Post

खेलकुद महासंघ बाँकेमा आतंक

१९ फाल्गुन २०७७, बुधबार ११:४०
नेपालगञ्ज : नेकपा निकट नेपाल खेलकुद महासंघ बाँकेको पुनर्गठन गरिएको छ । बाँके जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष आतंक बस्नेतको अध्यक्षतामा महासंघ पुनर्गठन भएको हो । महासंघको मंगलवार नेपालगञ्जमा भएको जिल्ला भेलाले उपाध्यक्षमा दीपक गदाल (कोहलपुर), सचिवमा होमबहादुर सुनार (खजुरा), सह–सचिवमा रमेश डाँगी (कोहलपुर) र कोषाध्यक्षमा मधु भुसाल (नेपालगञ्ज) […]