नेपालगञ्ज : हिमालय आधारभुत बिद्यालयको नवनिर्मित तीन कोठे भवन एक समारोहका बीच उद्घाटका साथै हस्तान्तरण गरिएको छ । प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय प्रदेश नं ६ सुर्खेतको र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारि र ठाकुरवावा नगरपालिकाको समन्वयमा निर्माण भएको ३ कोठे भवनको उद्योग बाणिज्य तथा आपुर्ती राज्य मन्त्री बिमला बिकले उद्घाटन गरिन् ।
सो अवसरमा भवनको लागत खर्चबारे प्रस्तुत गदै सम्झौता अबधि १ फेव्रेवरी २०२० देखि ३१ जनवरी २०२१ सम्म रहेको र यस अबधिमा निमार्ण भएको भवनको ठेकेदार जय गुरुदेव कन्टक्सन कम्पनी संग ३ कोठे भवन निर्माण बापत ठेक्का ३७ लाख ८१ हजार ५ सय ८१ रुपैयाँ ७९ पैसामा शौचालय मर्मत तथा तारजाली निर्माण बापत २ लाख ६३ हजार २ सय ८० रुपैयाँ २६ पैसा कक्षा कोठा ब्यबस्थापनका लागि सामग्री सहयोग २ लाख ९० हजार बाहिरी तथा भित्र खेल सामग्री, दराज र ह्वाइट बोड खरिद ३ लाख ७६ हजार २ सय ९४ गरि कुल लागत ४७ लाख ११ हजार १ सय ५६ मा भवन गरणस्तरीय र बालमैत्री भवन निर्माण भएको सस्थाका अध्यक्ष शिवलाल पाण्डेले बताए ।
आजको बालबालिका भोलि देशका कर्णधार भएको र जग बलियो भएको खण्डमा मात्र बालबालिकाको सिकाइ स्तर बृद्धि हुने भएकाले प्लान इन्टरनेशनल नेपालले बिगत लामो समयदेखि ठाकुरवावा नगरपालिकाका बिभिन्न वडामा बिपन्न समुदायका बालबालिकाहरुका लागि बिभिन्न परियोजनामार्फत काम गरिरहेको छ ।
भवन निर्माण तथा उद्घाटन र हस्तान्तरण मात्र यसको मुल मर्म नभइ बालबालिकाको शैक्षिक बिकासको मुख्य उद्देश्य रहेकाले निर्माणधिन भवनमा लैगिँक मैत्री बालमैत्री कक्षा शिक्षण भई बालबालिकाको सिकाइमा प्रभाव पर्ने अपेक्षा गरिएको प्लान इन्टरनेशनल नेपाल क्षेत्रिय कार्यालय सुर्खेतको प्रबन्धक मिना पराजुलीले बताइन् ।
ठाकुरवावा नगरपालिकाले शिक्षाको क्षेत्रलाई मुख्य बिषयका रुपमा राखी बिगत लामो समयदेखि स्याक नेपाल बाँके र प्लान इन्टरनेशनलसंग साझेदारि तथा समन्वय गदै कामहरु अगाडी बढाएको र यसको प्रत्येक्ष प्रभाव बिद्यालय तहमा देखिएकाले आगामी दिनमा समेत यस कार्यलाइ निरन्तरता दिने ठाकुरावावा नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत रामहरी रिजालले बताए ।
बिशिष्ट अतिथिका रुपमा प्लान इन्टरनेशनल नेपालको एलिजाबेद सातोवले लिएको लक्ष्य र यसको महत्वका बारेमा बताउँदै प्लान इन्टरनेशनल नेपाल बालबालिका मुखि संस्था भएको बताउँदै बिद्यालय तहमा बालबालिकाको सिकाइ उनीहरको ब्यबहारमा परिर्वतन गर्न आबश्यक रहेको बताए ।
प्रमुख अतिथी उद्योग बाणिज्य तथा आपुर्ती राज्य मन्त्री बिमला बिकले गुणस्तरीय शिक्षा आजको आबश्यकता रहेको र यसका लागि राज्य लागिपरेको बताउँदै ठाकुरवावा नगरपालिकाले बालबालिकाको शौक्षिक गुणस्तर बृद्धिका लागि योजनाका साथ अगाडी बढेको र यस कार्यका लागि नेपाल सरकार हातेमालो गर्न तयार रहेको बताइन् । उनले हिमालय आधारभुत बिद्यालयका लागि बालमैत्री र सुरक्षित भवन निर्माण गर्ने कार्यमा सहयोग गर्ने प्लान इन्टरनेशनल नेपाल, स्याक नेपाल बाँकेलाई धन्यबाद दिइन् ।
कार्यक्रममा बिगत लामो समयदेखि योगदान गर्ने सस्थापक सदस्यहरु, सहयोगी सस्थाका रुपमा सेवा तथा सहयोग गर्ने प्लान इन्टरनेशनल नेपाल, सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँके, सामुदायिक बन र भवन निर्माणका क्रममा अहोरात्र खटिने परियोजना कर्मचारिहरुलाइ समेत सम्मान तथा प्रसशा पत्र पदान गरिएको थियो ।
कार्यक्रममा ठाकुरवावा नगरपालिकाका जनप्रतिनिधि, वडाअध्यक्ष, छिमेकी बिद्यालयका प्रतिनिधी, समाजसेवी, बुद्धिजिबी, बडगढर अगुवा, अभिभावक र बिद्यार्थीको सहभागिता रहको थियो । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राम कुमार थारुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक चुडामणी शर्माले थिए ।