अबको तीन दिनसम्म मौसम बदली हुने

सदरलाइन संवाददाता २९ माघ २०७७, बिहीबार ०७:३९
 

काठमाण्डौ : अबको तीन दिनसम्म देशका धेरै ठाउँमा मौसम बदली हुने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले मौसम बद्ली भए पनि तत्काल पानी नपर्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

अस्ति बेलुकादेखि देशको पश्चिमी भू–भाग हुँदै वायु प्रवेश गरेको मौसमी प्रणालीले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिजो सामान्य पानी र हिउँ परे पनि अब वर्षाको सम्भावना कम रहेको मौसमविद् मानन्धरले बताइन् ।


देशका धेरै ठाउँको मौसम बद्ली हुने हुँदा तत्काल तापक्रम नबढ्ने पनि उहाँको भनाइ छ । आज दिउँसोपछि काठमाण्डौसहित देशका धेरै ठाउँहरुमा दिनभरिजसो नै बादल लाग्ने सम्भावना छ ।

पानी नपरे पनि बादल लाग्दा चिसो बढ्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन मौसम मौसमविद्को आग्रह छ ।

Next Post

‘सरकारले अपराधीलाई कानुनी दायरामा ल्याउन सकेन’

२९ माघ २०७७, बिहीबार ०७:३९
नेपालगञ्ज : नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.डिला संग्रौलाले सरकारले छोरीचेलीहरुको सुरक्षा गर्न नसकेको बताएकी छन् । नेपाल प्रेस युनियन बाँकेले बिहीवार नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रिय सदस्य डा. संग्रौलाले छोरीचेलीहरुमाथि श्रृंखलाबद्धरुपमा बलात्कार र हत्या हुँदासमेत सरकारले अपराधीलाई कानुनको दायरमा ल्याउन नसकेको टिप्पणी गरिन् । उनले बैतडीमा यसै साता बलात्कारपछि […]