वडाध्यक्षको निधनमा २३ वटै वडा कार्यालय बन्द

सदरलाइन संवाददाता २३ माघ २०७७, शुक्रबार १६:३२
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं ९ का अध्यक्ष बिष्णुबहादुर लामाको निधनमा उपमहानगरपालिकाले आफ्ना सबै सेवा एक दिनका लागि बन्द गरेको छ । शुक्रवार बिहान सूचना जारी गर्दै उपमहानगरपालिकाले वडा अध्यक्षको असामयिक निधनको खबरले मर्माहत एवं स्तब्ध भएको जनाउँदै शुक्रवार एक दिनका लागि सबै सेवा बन्द गरिएको जनाएको छ ।

जारी सूचनामा नेपालगञज उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय र यस उपमहानगरपालिका अन्तर्गतका २३ वटै वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक सेवाहरु बाहेक सम्पूर्ण सेवाहरु माघ २३ गतेका दिन एक दिन बन्द गरिएको उल्लेख छ ।


साथै सेवा बन्द गरिएका कारण सेवाग्राहीमा पर्न जाने असुबिधाको क्षमा समेत उपमहानगरपालिकाले मागेको छ । वडा अध्यक्ष लामाको बिहिबार साँझ काठमाण्डौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । लामा वडा नं ९ को वडाअध्यक्षका साथै उपमहानगरपालिका कार्यपालिका सदस्य समेत रहेका थिए ।

Next Post

‘टुर दि ठाकुरद्वारा’को तेस्रो संस्करण शुरु

२३ माघ २०७७, शुक्रबार १६:३२
नेपालगञ्ज : ‘टुर दि ठाकुरद्वारा’को तेस्रो संस्करण शुरु भएको छ । नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरबाट ‘टुर दि ठाकुरद्वारा’को तेस्रो संस्करण शुरु भएको हो । ‘टुर दि ठाकुरद्वारा’को तेस्रो संस्करणको पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मी, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा र नाटाका केन्द्रीय अध्यक्ष अच्यूत गुरागाईले उद्घाटन गरे । […]