प्रतिनिधिसभा विघटनविरुद्ध बाँकेमा कांग्रेसको प्रदर्शन

सदरलाइन संवाददाता १९ माघ २०७७, सोमबार १६:१४
 

नेपालगञ्ज : प्रतिनिधिसभा विघटन विरुद्ध बाँकेमा पनि प्रदर्शन गरिएको छ । नेपाली कांग्रेसका भातृ संगठनहरुको आयोजनामा सोमवार नेपालगञ्जमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनपछि त्रिभुवनचोकमा आयोजित विरोधसभामा बोल्दै नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले संविधान विपरित गरिएको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध कांग्रेस सडकमा आएको बताइन् । कोइरालाले संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेकाले संविधानको रक्षार्थ कांग्रेस आन्दोलित भएको बताइन् ।


विरोधसभामा नेपाल दलित संघका केन्द्रिय उपाध्यक्ष कृष्ण रसाइली, तरुण दलका पूूर्व केन्द्रिय सदस्य सुदिपनरसिंह राणा, तरुण दल बाँकेका अध्यक्ष विरेन्द्र बहादुर शाह, नेविसंघका अध्यक्ष पूूर्णप्रसाद आचार्य, महिला संघकी अध्यक्ष नारायणी रुपाखेती, तरुण दल राप्तीसोनारी अध्यक्ष कुलबहादुर केसीले सम्बोधन गरेका थिए ।

विरोधसभा पूर्व पार्टी कार्यालय सुर्खेतरोडबाट निस्केको र्याली विपी चोक हुँदै त्रिभुवनचोक पुुगेको थियो । आज देशभर ७७ वटै जिल्लामा भ्रातृ संगठनहरुको आयोजनामा विरोध प्रदर्शन गरिएको छ ।

Next Post

खजुराका बिद्यालय २३ गतेसम्म बन्द

१९ माघ २०७७, सोमबार १६:१४
नेपालगञ्ज : चिसोका कारण बाँकेको खजुरा गाउँपालिकाका बिद्यालयहरु बन्द गरिएका छन् । खजुरा गाउँपालिका शिक्षा समितिको सोमवार बसेको बैठकले चार दिन बिद्यालय बन्द गर्ने निर्णय गरेको हो । गाउँपालिका शिक्षा शाखाले सोमवार बिहान सूचना जारी गर्दै बैठकमा भएको निर्णयानुसार शीतलहर चलिरहेको कारणबाट विद्यार्थीहरुलाई नियमित पठन पाठन गराउन कठिन भएको हुदाँ […]