नरैनापुरमा प्रस्तावित क्याम्पस स्थापनाका लागि अन्तरक्रिया

सदरलाइन संवाददाता ६ भाद्र २०८०, बुधबार १८:०७
 

नेपालगञ्ज :  बाँकेको नरैनापुर गाउँपालिकाका विद्यार्थीलाई आफ्नै पालिका भित्रै उच्च शिक्षा दिने उदेश्यले सन्तानेश्वर बहुमुखी क्याम्पस स्थापना गरिने तयारी भएको छ ।

प्रस्तावित क्याम्पस स्थापना तयारी समितिले यसको संभाव्यताका बारेमा नेपालगञ्जमा सन्तानेश्वर बहुमुखी क्याम्पस नरैनापुरको स्थापना र सञ्चालनका चाुनौतीहरुका विषयमा शिक्षाका क्षेत्रमा क्रियाशिल रहेका विभिन्न व्यक्तिहरुसंग अन्तरक्रिया गरिएको प्रस्तावित क्याम्पस संञ्चालक समितिका अध्यक्ष सोहनलाल यादवले जानकारी दिए ।

उनले नरैनापुरका बालबालिकाले घरदैलोमा नै उच्च शिक्षा खासगरी स्नातक तहको अध्ययन गर्नको लागि बाहिर जान नपरोस भन्ने उद्देश्यले क्याम्पस स्थापना गर्ने तयारी गरी विभिन्न क्षेत्रका विज्ञसंग कुन विषयको कक्षा सञ्चालन गर्न सकिन्छ जस्ता विषयमा छलफल अन्तरक्रिया गरिएको र धैरै जसोबाट सामान्य र प्राविधिक धारको कक्षा सञ्चालनका लागि सूझाव आएको बताए ।

उनले भने–‘ नरैनापुर शिक्षाको क्षेत्रमा निक्कै पछाडि रहेको महशुस गरी यहाँका युवा विद्यार्थीलाई आफ्नै घरदैलोमा नै उच्च शिक्षा हासिल गर्ने मौका मिलोस भनेर हाम्रो सानो प्रयास हो । यसमा सबैको हौसला र सुझाव प्राप्त भएको छ । हामीले सकेसम्म दुबै प्रकारका सामान्य र प्राविधिक धारको कक्षा सञ्चालनको लागि प्रयत्न गर्नेछौ ।’


सो कार्यक्रममा बाँके निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकालले क्याम्पस सञ्चालनको लागि आफ्नो संसद विकास कोषबाट ५ करोड लगानी गर्ने प्रतिबद्धता जनाए ।

उनले भने–‘नरैनापुर शिक्षा स्वास्थ्य र विकासको क्षेत्रमा निक्कै भर्जिन छ । यहाँ भर्खरै बाटो र विजुली पुगेको छ । शिक्षाको क्षेत्रमा निक्कै गर्न आवश्यक रहेकोले यहाँका युवालाई घरदैलोमा शिक्षा दिनको लागि प्रस्तावित क्याम्पस स्थापना गर्न गरिएको पहललाई स्वागत गर्दै आफ्नो संसदिय कोषबाट ५ करोड लगानी गर्ने प्रतिबद्धता जनाएको छु ।’

यसैगरी सो कार्यक्रममा नरैनापुर गाउपालिकाका प्रमुख कार्यकारी अधिकृत मणिराम खराल, शिक्षाविद् कृष्णकुमार लम्साल, किरण आचार्य, लगायतले क्याम्पस सञ्चालनका लागि आफ्नो क्षेत्रबाट सहयोगको प्रतिबिद्धता जनाएको प्रस्तावित क्याम्पस सञ्चालक समितिका सचिव बिनय दिक्षितले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बारामा बस दुर्घटनामा ज्यान गुमाउने सातै जनाको सनाखत

६ भाद्र २०८०, बुधबार १८:०७
बारा : बारामा तीर्थयात्री बोकेको बस दुर्घटनामा मृत्यु भएका ७ जनाको सनाखत भएको छ । आज बिहान १ बजे काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश–०३–००१ ख ७९९४ नम्बरको तीर्थयात्री बोकेको बस जीतपुरसिमरा उपमहानगरपालिका– २२ चुरियामाईमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेहरुमा हुने […]