नेपालगञ्ज भन्सारमा बिद्युतीय भुक्तानी प्रणाली लागु

सदरलाइन संवाददाता १२ माघ २०७८, बुधबार १६:२६
 

नेपालगञ्ज : नेपालगञ्ज भन्सार कार्यालयले बुधवारदेखि बिद्युतीय भुक्तानी प्रणाली अर्थात इपेमेन्ट सिस्टम लागु गरेको छ । भन्सारमा हुने सबै झन्झट हटाएर भन्सारलाई ‘क्यासलेस’ र ‘पेपरलेस’ बनाउने उद्देश्यले इपेमेन्ट सिस्टम लागु गरिएको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले बताए । अब सेवाग्राहीले भन्सार कार्यालयमा नगद तथा चेक बोकेर जानु पर्दैन् ।

उनीहरुले अनलाइनबाट पेमेन्ट गर्न सक्नेछन् । भन्सार दिवसका अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट कर्मचारीसहित विभिन्न व्यक्तित्वलाई सम्मानित गरिएको थियो ।


कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, राजस्व अनुसन्धान क्षेत्रिय कार्यालय कोहलपुरका प्रमुख लक्ष्मण बिक्रम थापा, जिल्लाका तीनवटै सुरक्षा निकायका प्रमुख, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीलगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महामारी नियन्त्रणका लागि नेपालगञ्जमा समिति गठन

१२ माघ २०७८, बुधबार १६:२६
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले सम्भावित विभिन्न प्रकोप तथा महामारी जन्य रोग रोकथाम र नियन्त्रणका लागि तत्काल परिचालन हुने गरि टिम गठन गरेको छ । प्रमुख प्रशासकी अधिकृत गुरुदत्त सुवेदीको अध्यक्षतामा बुधबार बसेको नगरस्तरीय जनस्वास्थ्य आपतकालिन ब्यवस्थापन समितिको बैठकले सुवेदीको संयोजकत्वमा विभिन्न शाखाका प्रमुख सम्मिलित समिति गठन गरेको हो । बैठकले […]