मुर्रा राँगाको ‘सिमेन’ बैशाखबाट किसानले पाउने

सदरलाइन संवाददाता ११ मंसिर २०८०, सोमबार १३:३८
 

नेपालगञ्ज : नेपालमा भैँसीको नस्ल सुधारका लागि भारतबाट ल्याइएका मुर्रा राँगाको वीर्य (सिमेन) आगामी वैशाखबाट मात्रै किसानले पाउने भएका छन् । भारतले नेपाललाई उपहारस्वरूप उन्नत जातका १५ मुर्रा राँगा उपलब्ध गराएको हो । पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा सात राँगा ल्याइएको छ । पशु प्रजनन कार्यालयका प्रमुख डाक्टर जगदीश पाण्डेले राँगालाई क्वारेन्टाइनमा राखिएको जानकारी दिए ।

‘अब स्वास्थ्य परीक्षण र वीर्य उत्पादनको चरण पार गरी किसानसम्म नस्ल सुधारका लागि मुर्राको वीर्य वैशाखबाट पठाउन सकिन्छ,’ उनले भने । नेपाल ल्याइएका १५ मध्ये तीन राँगा लहान र पाँच नेपालगन्जमा छन् । राँगाहरूलाई पोखरामा फूलमालाले स्वागत गरिएको थियो। एक महिनाको क्वारेन्टाइन अवधिमा कुनै रोग नदेखिए तिनलाई मूल गोठमा राखिने छ । भारतबाटै निरोगिताको प्रमाणपत्र प्राप्त राँगामा बाटोमा सङ्क्रमण भएको हुन सक्ने भएकाले क्वारेन्टाइनमा राखिएको हो ।


पुसबाट परीक्षणका लागि वीर्य सङ्कलन गर्ने केन्द्रको तयारी छ । सङ्कलित वीर्य प्रयोगशालामा जाँच गरी उपयुक्त प्रमाणित भएपछि मात्र देशका विभिन्न भागमा पठाइने डाक्टर पाण्डेले बताए । सबै राँगा दुईदेखि तीन वर्ष पूरा भएका छन् । अब सात वर्षसम्म यी राँगाबाट स्वस्थ वीर्य निकाल्न मिल्छ । एउटा राँगाबाट वार्षिक १५ देखि २० हजार डोज वीर्य उत्पादन हुने अनुमान गरिएको छ । पुसबाट वीर्य सङ्कलनको ट्रायल सुरु गरी माघबाट स्टोर गर्ने तयारी छ । हप्तामा दुई पटक वीर्य सङ्कलन गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज ६ का स्थानीयद्वारा फोहोर उठाउने गाडी नियन्त्रणमा

११ मंसिर २०८०, सोमबार १३:३८
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका ६ वसपार्क नजिकका स्थानीयले फोहोर संकलन गर्ने ट्रयाक्टर नियन्त्रणमा लिएर छाडेका छन् । वसपार्क नजिकै रहेको हुलाकी सडक र फुल्टेक्रारोडको दोभानमा गत असारमा निर्माण भएको हाईमास्ट लाइट सञ्चालनमा नल्याएको भन्दै स्थानीयले उपमहानगरको फोहोर संकलन गर्ने ट्रयाक्टरलाई एक घण्टा नियन्त्रणमा लिएर छाडेका हुन् । स्थानीयले ट्रयाक्टर नियन्त्रणमा […]