अदालतको फैसलाविरुद्ध कैलालीमा प्रदर्शन

सदरलाइन संवाददाता ५ पुष २०७७, आईतवार १७:०४
 

कैलाली : टीकापुर घटनाको मुद्दामा उच्च अदालतले गरेको फैसलाविरुद्ध आइतवार कैलालीको भजनीमा विरोध प्रदर्शन गरिएको छ । जनता समाजवादी पार्टी नगरसमिति भजनीको आयोजनामा भजनी बजारमा विरोध प्रदर्शन गरिएको हो ।

विरोध र्यालीपछि आयोजित विरोधसभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका नेताहरुले टीकापुर घटनामा मुछिएका सबै बन्दीहरुलाई निःशर्त रिहाइ गर्नु पर्ने माग गरे । नेताहरुले उच्च अदालतको फैसला पूर्वाग्रही रहेको बताए ।


यसैगरी, टीकापुर घटनाको प्रतिशोधमा भदौ ८ गते कफ्र्युको बीचमा थारुको घर जलाउने, तोडफोड गर्ने दोषीलाई राज्यले नै जोगाइरहेको आरोप लगाए । कोण सभामा जसपा नेताहरु डिल्ली जैशी, केवल चौधरी, सीतरानी चौधरी, प्रदीप चौधरीलगायतका नेता बोलेका थिए ।

Next Post

लागू औषधबिरुद्धको महाअभियान नरैनापुरमा

५ पुष २०७७, आईतवार १७:०४
नरैनापुर (बाँके)  :  जिल्लामा लागू औषधका मुद्दाको चाप बढेपछि बाँके प्रहरीले लगूऔषध बिरुद्धको महाअभियान सञ्चालनमा ल्याएको जनाएको छ । बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक ओमबहादुर रानाले जिल्लामा लागू औषधलाई निस्तेज गर्नको लागि प्रहरीले स्थानीय तहसंगको सहकार्यमा लागू औषध निस्तेज महाअभियान २०७७ सञ्चालनमा ल्याएको जानकारी दिए । बाँके प्रहरीले बाँकेका […]