बाँकेका विज्ञान शिक्षकको लागि तीनदिने सूचना तथा सञ्चार प्रबिधि तालिम

सदरलाइन संवाददाता ८ भाद्र २०८१, शनिबार १३:४४
 

नेपालगञ्ज : बाँकेका विभिन्न सामुदायिक माध्यामिक विद्यालयमा कार्यरत विज्ञान शिक्षकका लागि तीनदिने सूचना तथा सञ्चार प्रबिधि (आईसिटी ) का बारेमा तालिम आयोजना गरिएको छ ।

विज्ञान शिक्षक समाज नेपाल लुम्बिनी प्रदेश समितिले लुम्बिनी प्रविधिक विश्वविद्यालयको प्राविधिक सहकार्यमा विश्वविद्यालय परिसर नेपालगञ्जमा नै सो तालिमको सुरुवात गरिएको विज्ञान शिक्षक समाजका यमनाथ पौडेलले जानकारी दिए ।

उनले खासगरी कक्षा ९ र १० को विज्ञान तथा प्रबिधि विषयमा सूचना तथा सञ्चार प्रविधि नयाँ ईकाई भएको र विज्ञान मात्र पढाउने शिक्षकलाई सो पाठ पढाउन कठिन भएको गुनासो आएपछि लुम्बिनी प्रविधिक विश्वविद्यालयसंगको सहकार्यमा सो तालिमको आयोजना गरिएको बताए ।


उनले सो तालिमा बाँकेका सामुदायिक विद्यालयमा कार्यरत ६० जना विज्ञान शिक्षक सहभागि रहेको बताए । कार्यक्रमको उद्घाटन शत्रमा नेपालगञ्ज शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापा, धम्बोझी मावि नेपालगञ्जका प्रअ बामदेव सुवेदीलगायतको उपस्थिति रहेको थियो ।

तीन दिनसम्म सञ्चालन हु्ने तलिमलाई लुम्बिनी विश्वविद्यालयका सहायक प्राध्यापकहरुले सहजिकरण गरि रहेका छन । तलिममा सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा हुने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा बसोवास गर्ने थारु महिलाहरु सामूहिक रुपमा जन्माष्टमी पर्व मनाउदै

८ भाद्र २०८१, शनिबार १३:४४
नेपालगञ्ज : यस पटकको श्रीकृष्ण जन्माष्टमी पर्व नेपालगञ्जमा बसोवास गर्ने थारु समुदायका महिलाहरुले सामूहिक रुपमा मनाउने भएका छन् । नेपालगञ्जमा स्थायीरुपमा बसोवास गर्दै आएका र विभिन्न पेशा ब्यावसायमा आबद्ध थारु महिलाहरु श्रीकृष्ण जन्माष्टमीको बर्त बसी एकै ठाउँमा समामूहिक रुपमा पूजा पाठ गर्न लागेका हुन् । कृष्ण जन्माष्टमीको अवसरमा उनीहरुले शनिबार […]