राजसंस्था पुनःस्थापनाको माग गर्दै नेपालगञ्जमा प्रदर्शन

सदरलाइन संवाददाता १३ मंसिर २०७७, शनिबार १४:५९
 

नेपालगञ्ज : नेपालगञ्जमा शनिवार हिन्दुवादीहरुले मोटरसाइकल र्यालीसहित शक्ति प्रदर्शन गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाइमा हिन्दुवादीहरुले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग राख्दै नेपालगञ्जमा शक्ति प्रदर्शन गरेका हुन् ।

बागेश्वरी मन्दिर अगाडीबाट शुरु भई धम्बोझी चोकमा समापन भएको र्यालीमा हजारौंको संख्याका मोटरसाइकलसहित आएका हिन्दुवादीहरुले नेपाललाई धर्मसापेक्ष हिन्दु राष्ट्र घोषणा, राजसंस्था पुनःस्थापना, संघीयता खारेजीको माग राख्दै शक्ति प्रदर्शन गरेका हुन् ।


शक्ति प्रदर्शनको नेतृत्व राप्रपाका केन्द्रीय सदस्य ऋषिराज देवकोटाले सम्हालेका थिए । राजसंस्थाको पुनःस्थापनाको माग राख्दै गरिएको शक्ति प्रदर्शनमा मोटरसाइकलमा मात्रै नभई गाडी, अटो, रिक्सा र साइकलमा समेत हिन्दुबादीहरु आएका थिए ।

Next Post

उद्योग वाणिज्य महासंघमा चन्द्र ढकाल बिजयी

१३ मंसिर २०७७, शनिबार १४:५९
नेपालगञ्ज : निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष चन्द्र ढकाल बन्ने भएका छन् । शनिवार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्दी किशोर प्रधानलाई पराजित गर्दै वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि २० औँ अध्यक्षको पद सुनिश्चित गरेका हुन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षनै आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने […]