नेपालगञ्ज १२ मा ‘जनमत’ गठन

सदरलाइन संवाददाता २८ कार्तिक २०७७, शुक्रबार १६:०९
 

नेपालगञ्ज : जनमत पार्टीले वडा समिति गठन तीब्र पारेको छ । जनमत पार्टी बाँकेले नेपालगञ्ज उपमहानगरपालिका १२ मा शैलेन्द्रकुमार कर्णको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरेको छ ।

रियाज अंसारीको प्रमुख आतिथ्यतामा भएको वडा अधिवेशनबाट उपाध्यक्षमा रेश्मा शेष, सचिवमा इतवारी रैदास र कोषाध्यक्षमा निशा इद्रिसीलाई चयन गरेको छ ।


यस्तै रामदीन यादव, पवन कनोजिया, दिपक रैदास, फारूक खान, जहरुल खान, इसहाक खान र भग्गु चिडिमार सदस्यमा चयन भएको पार्टीका केन्द्रीय सदस्य इरफान अहमद शेषले जानकारी दिए ।

जाबिर हल्वाईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष रियाज अहमद शेष, नाजमा बागवान, नौसाद अंसारी लगायतको नेताहरूको उपस्थिति थियो ।

Next Post

२० रुपैयाँमा खाना खुवाउने टोलीलाई सहयोग

२८ कार्तिक २०७७, शुक्रबार १६:०९
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा २० रुपैयाँमा पेटभरी खाना खुवाउँदै आएको श्री सुन्दर काण्ड मित्र मण्डललाई नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रवार ५० हजार रुपैयाँ सहयोग गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा मित्र मण्डलले खाना खुवाउँदै आएको छ । मित्र मण्डलका संरक्षक समाजसेवी विजय गुप्तालाई मेयर डा. धवलशम्शेर राणाले सहयोगको चेक हस्तान्तरण गरे […]