२० रुपैयाँमा खाना खुवाउने टोलीलाई सहयोग

सदरलाइन संवाददाता २८ कार्तिक २०७७, शुक्रबार १६:१५
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा २० रुपैयाँमा पेटभरी खाना खुवाउँदै आएको श्री सुन्दर काण्ड मित्र मण्डललाई नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रवार ५० हजार रुपैयाँ सहयोग गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा मित्र मण्डलले खाना खुवाउँदै आएको छ ।

मित्र मण्डलका संरक्षक समाजसेवी विजय गुप्तालाई मेयर डा. धवलशम्शेर राणाले सहयोगको चेक हस्तान्तरण गरे । नेपालगञ्ज उपमहानगरपालिकाले २० रुपैयाँमा खाना खुवाउने कार्यलाई निरन्तरता दिन मासिक ५० हजार रुपैया सहयोग गर्ने निर्णय गरेअनुसार शुक्रवार पहिलो पटक सहयोग हस्तान्तरण गरिएको हो ।


विपन्न ब्यक्ति तथा अस्पतालमा उपचाररत विरामी र कुरुवालाई लक्षित गरी २० रुपैयाँमा खाना खुवाउन थालिएको मित्र मण्डलले जनाएको छ ।

अस्पताल परिसरमा शनिवार बाहेक हरेक दिन विहान १० देखि १ बजेसम्म खाना खुवाउने कार्य चलिरहेको छ । अन्य खर्च मित्र मण्डलले सहयोगीदाता लगायतबाट ब्यवस्थापन गर्दै आएको छ । २० रुपैयाँमा दाल, भात, तरकारी र शुद्ध पिउने पानी उपलब्ध गराउने गरिएको छ ।

Next Post

नरैनापुरका विद्यालय तिहारपछि खुल्ने

२८ कार्तिक २०७७, शुक्रबार १६:१५
नरैनापुर (बाँके) : कोरोना संक्रमणका कारण बन्द भएका नरैनापुरका विद्यालय तिहारपछि खुल्ने भएका छन् । गाउँपालिकाको गाउँ शिक्षा समिति संयोजक एवम् गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई मंसिर १४ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुका अनुसार विद्यालय […]