भेरीको परीक्षणमा एकचालिस जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता २० कार्तिक २०७७, बिहीबार १६:४७
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले बिहीवार दिउँसो साढे ३ बजे जारी गरेको विवरणअनुसार १२ महिला र २९ पुरुषमा कोरोना पुष्टि भएको हो ।

जसमध्ये १८ जना बाँकेका रहेका छन् भने बाँकी अन्य जिल्लाका रहेको अस्पतालले जनाएको छ । पछिल्लो २४ घण्टामा १ सय ५२ जनाको परीक्षण गर्दा ४१ जनामा संक्रमण देखिएको हो ।


भेरी अस्पतालले हालसम्म ४७ हजार १ सय ८६ नमुना परीक्षण गर्दा ३ हजार ७ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालले जारी गरेको विवरणमा उल्लेख छ ।

Next Post

नगर भवनमा शपिङ कम्लेक्श निर्माण हुने

२० कार्तिक २०७७, बिहीबार १६:४७
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले जीर्ण अवस्थामा रहेको नगर भवनमा अत्याधुनिक शपिङ कम्पलेक्श निर्माण गर्ने भएको छ । मेयर डा. धवलशम्शेर राणाको अध्यक्षतामा बिहीवार बसेको कार्यपालिका बैठकले शपिङ कम्पलेक्श निर्माणका लागि डिपिआर तयार गर्ने निर्णय गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजालका अनुसार अण्डरग्राउण्ड पार्किङसहितको शपिङ कम्पलेक्श निर्माण गर्ने योजना […]